पार लाग्नै नसकिने भेल रैछ जीवन,
रङ्गमञ्चमा खेलिने खेल रैछ जीवन ।
भेदभाव हुन्न सोच्थेँ मान्छे – मान्छे बिचमा ,
दुखीलाई जतिसक्दो पेल रैछ जीवन।
गाउँदेखि शहरसम्म न्याय खोज्दै आएँ,
निर्धालाई दबाउने झेल रैछ जीवन ।
ठुलाठालु सधैँ चोखा,साना मर्ने ऐनमा ,
परिबन्द स्वीकारेको जेल रैछ जीवन ।
प्रकाशित: ११ माघ २०७७ ११:३४ आइतबार