२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

इतिहास

लघुकथा

उनले योजनापूर्वक नै निर्णय लिएका भए पनि आकस्मिक रूपमा आएको अस्वाभाविक निर्णयले सबै छक्क परेका थिए ।  

‘किन र केका लागि यस्तो कदम, त्यो पनि यस किसिमको असहज परिस्थितिमा?’ उनीहरूमा खुलदुली थियो ।

बैठक डाकियो । सबै जना मनमनमा ‘यसो भनुँला, उसो भनुँला’ भन्दै बैठकस्थल पुगे । सामाजिक दूरी कायम गर्दै बसेको बैठकको प्रारम्भमै उनले सबैलाई आफ्ना कुरा सुनाउन बोलाएको जानकारी दिए ।

‘परिस्थितिले यस्तै पारयो । बसेर छलफल गर्ने समय पनि मिलेन । दुःख नमान्नुहोला। चिन्ता नलिनुहोला । यो क्षेत्र नै यस्तै हो।  सधैं  आफूले चाहे वा सोचेको जस्तो हुँदैन । भए राम्रै भो  ,  नभए देखा जाला ।  अरू केही नभए पनि एउटा फरक इतिहास त लेखिन्छ। आखिर हाम्रो उद्देश्य नयाँ इतिहास लेख्ने न हो । ’ उनले भने ।

उनको कुरा सुनेर सबैले मुखामुख गरे ।  

प्रकाशित: १४ माघ २०७७ १०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App