८ आश्विन २०८१ मंगलबार
image/svg+xml

चिनियाँ व्यवसायीलाई उपराष्ट्रपतिकाे आग्रह : लगानीको पर्याप्त प्रतिफल पाइन्छ, ढुक्क भएर पूँजी परिचालन गर्नुस्

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमका निम्ति उर्वर र लगानीको पर्याप्त प्रतिफल दिने देश नेपालमा ढुक्क भएर पूँजी परिचालन गर्न चिनियाँ व्यवसायीहरूलाई आह्वान गरेका छन्।

‘निजी क्षेत्रबिना दिगो विकास असम्भव’

कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले निजी क्षेत्रको सहमागिताबिना मुलुकको दिगो विकास सम्भव नभएको बताएका छन्।

म्यानपावरको संख्या उस्तै

सरकारले वैदेशिक रोजगार व्यवसायीलाई धरौटी बढाउन दिएको अन्तिम समय बुधबार (आज) सकिँदैछ । अन्तिम एक कार्य दिन बाँकी रहँदासम्म अधिकांश म्यानपावर व्यवसायी सरकारले भने अनुसार धरौटी बढाउन सफल भएका छन्।

निर्माण व्यवसायी महासंघद्वारा सचिवको ध्यानाकर्षण

नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधि टोलीले मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटासँग भेटवार्ता गरेर ध्यानाकर्षण गराएका छन्।

औषधी खान नसकेर घार नै विक्री गरेका गुरुङले थाले ऋण काढेर मौरीपालन व्यवसाय

मौरी पाल्न थालेको उनले दुई दशक वित्योे। आधारभुत तालिम लिएर सुरुमा आठ/दश घरमा मौरी पाले। उत्पादन भएको मह घरमा उपभोग गरी इष्टमित्रलाई बाँडेर बचेको मात्र विक्री गर्ने। व्यवसायिक ढंगले अगाडी बढ्न सकेनन् उनी।

‘धुलैधुलोको फोटो अन्तर्राष्ट्रियकरण नगरौं’

सरकारले ‘नेपाल भ्रमण वर्ष’ मनाउँदै सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ। तर, आवश्यक पूर्वाधार र प्याकेज नहुँदा सरकारी लक्ष्यअनुसार पर्यटक नआउने व्यवसायीले गुनासो गरिरहँदा पर्यटनमन्त्री योगेश भट्टराईले भने अनावश्यक प्रचारप्रसार नगर्न व्यवसायीलाई सुझाएका छन्।

‘खरिद नियमावलीअनुसार बैंक क्रेडिट लाइनको सुविधा माग’

नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गरेको ढाँचामा बैंक क्रेडिट लाइन (बैंकले यति पैसा उपलब्ध गराउँछु भनी दिने पत्र)को सुविधा उपलब्ध हुनुपर्ने माग गरेको छ।

मूल्यसूची नै राख्दैनन् व्यवसायी

यहाँका व्यवसायीहरुले पसलमा मूल्यसूची नै नराखेको पाइएको छ। तुलसीपुर उपमहानगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो।

दर्ताबिनै पसल व्यवसाय सञ्चालन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा दर्ता नगरी पसल व्यवसाय सञ्चालन भइरहेको पाइएको छ।

'खरिद नियमावली अनुसार म्याद थप नहुँदा व्यवसायी मर्कामा'

नेपाल निर्माण व्यवसायी महासंघले सरकारले सार्वजनिक खरिद नियमावलीको आठौं संसोधन अनुसार पुराना आयोजनाको म्याद थप नगर्दा व्यवसायी मर्कामा परेको जनाएका छन्। महासंघले आइतबार प्रेस विज्ञप्ती जारी गरेर सरकारले नियमावलीमा उल्लेख भएबमोजिम पुराना आयोजनाको म्याद थप नगर्दा व्यवसायी अन्योलमा परेको गुनासो गरेका छन्।

फस्टाउँदै होटल व्यवसाय

वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा केही वर्षयता होटल व्यवसाय फस्टाउँदै गएको छ। अन्य व्यवसायको तुलनामा यसमा फाइदा देखिएपछि सो क्षेत्रका लगानीकर्ता हौसिएका छन्। करिडोरमा पर्ने जितपुर, सिमरा, पथलैया र त्रिभुवन राजपथको अमलेखगन्जमा होटल व्यवसाय फस्टाउँदै गएको हो।

८४ वटा व्यवसायिक फर्ममा अनुगमन गरेर सरकारले के-के गर्‍यो ?

सरकारले चालु आर्थिक वर्षको एक महिनामा नै ८४ वटा व्यवसायिक फर्महरुको अनुगमन गरेको दावी गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहिबार पत्रकार सम्मेलन गरी साउन महिनामा मात्रै ८४ वटा व्यवसायीक फर्महरुको अनुगमन गरेको जानकारी दिएको हो।

लेकसाइडमा अवाञ्छित गतिविधि रोक्न महानिरीक्षक निर्देशन

रात्रिकालीन व्यवसायले पर्यटकीय क्षेत्र लेकसाइमा कोलाहल मच्चाएको भन्ने गुनासो बढिरहँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त नियन्त्रणमा लिन गण्डकी प्रदेश प्रहरीलाई निर्देशन दिएका छन्। लेकसाइडमा मध्यरातपछि डान्स र डिस्कोबाट बाहिरिएको समूहले गर्ने अवाञ्छित गतिविधि रोक्न उनले प्रहरीलाई निर्देशन दिएका हुन्। एउटाले व्यवसाय गर्दा अर्काेलाई असर पार्न नहुने उनले बताएका छन्।

मन्त्री अनुपस्थित : विधेयक पारित भएन

औद्योगिक व्यवसाय विधेयक २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठक स्थगन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्