६ आश्विन २०८१ आइतबार
image/svg+xml

खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ।

खोप खरिदमा बिचौलिया मुख्य बाधक

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पद सम्हालेको साढे २ महिना भएको छ। यसअघि विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका त्रिपाठी गत पुस १० गतेदेखि कोरोना महामारीसँग जुध्ने नेपालको प्रयासलाई नेतृत्व गरिरहेका छन्। पछिल्ला दिनमा मन्त्रालयले गरेका गतिविधि, कोरोना नियन्त्रण प्रयास, खोप अभियानका चुनौतीलगायत विषयमा नागरिककर्मी गुणराज लुइँटेल र श्रीराम सुवेदीले शुक्रबार गरेको कुराकानी।

केरुङमा एक वर्षदेखि रोकिएका ११ जना नेपालीलाई नेपाल ल्याइयो

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल आउन नसकेका ११ जना नेपालीलाई मंगलबार नेपाल ल्याइएको छ।

कोभ्याक्स सुविधाअन्तर्गत खोप नेपाल आइपुग्यो

कोरोना भाइरसविरुद्धको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधा अन्तर्गतको खोप आइतबार नेपाल आइपुगेको हो।

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। प्रधानमन्त्री ओलीले आफूले खोप लगाएर दोस्रो चरणको खोप अभियानको औपचारिकरुपमा शुभारम्भ गरेका छन्।

कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु हुँदै

कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु हुँदैछ। खोप अभियान २० दिनसम्म सञ्चालन हुनेछ। सरकारले भारतको सेरम इस्सिच्युटबाट उत्पादन भएको ‘कोभिशिल्ड’ नामक खोप २० लाख मात्रा खरिद गर्ने भनेता पनि अहिलेसम्म १० लाख मात्रा खोप ल्याइसकेको छ।

भोलिदेखि दोस्रो चरणको खोप अभियान सुरुः ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दिइने

सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइने भएको छ।

कोरोनाले रोकिएका मेलापर्व मनाउन थालियो

कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएका मेला, पर्व, खेलकुद तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुन थालेका छन्। कोरोनाको त्रास कम हुँदै गएपछि पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका ठाउँमा मेता–पर्वहरू सुरु भएका हुन्।

प्रचण्ड र नेपालले लगाए कोरोनाविरुद्धको खोप (फोटो फिचर)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तर्गतको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

कोभिड १९ का कारण विदेशमा ३ सय ३९ जना नेपालीको मृत्यु

कोभिड १९ का कारण अहिलेसम्म विदेशमा ३ सय ३९ जना नेपालीले ज्यान गुमाएको गैह्रआवसीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।

सेसेल्स सरकारको कोरोना राहत कोषमा गैर आवासीय नेपालीको सहयोग

सेसेल्स सरकारको कोरोना राहत कोषमा गैर आवासीय नेपाली संघ (एनआरएनए) सेसेल्सले सहयोग गरेको छ। अफ़्रिकी मुलुक सेसेल्स सरकारको कोरना राहत कोषमा दुई लाख चालिस हजार रुपैयाँ सहयोग गरिएको हो।

सरकारले कोरोनाबाट मृत्यु हुनेको तथ्याङक सच्यायो

सरकारले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सच्याएसँगै मृतकको संख्या बढेको छ। कोरोनाबाट मृत्यु भएका थप ६१९ जनाको संख्या थप्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्याङक सच्याएको हो।

नेपालले किनेको १० लाख डोज कोरोनाको खोप आइपुग्यो

सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। कोरोनाविरुद्धको १० लाख डोज 'कोभिशिल्ड' खोप आज नेपाल आइपुगेको हो।

ग्रीसका प्रधानमन्त्रीद्वारा लकडाउनको घोषणा

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गरेका छन्।

दोस्रो चरणको कोरोना खोप अभियान शुरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान आजदेखि सञ्चालन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्