१७ असार २०८३ बुधबार
image/svg+xml

विश्वविद्यालय शिक्षा सुधारमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको छ।

उच्च शिक्षा सुधारका लागि नयाँ राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत

सरकारले उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ।

काठमाडौंमा वर्षा, कहाँ कहाँ पर्दैछ पानी ?

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्मै पुगेको छ र आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा समेत मनसुन विस्तार भएको छ।

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा रास्वपासँग मानव अधिकार आयोगको पत्र

राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पत्रचार गरेको छ।

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न प्रतिबद्ध छाैं: परराष्ट्रमन्त्री

सरकारले सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका सीमा समस्यालाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएको छ।

प्रतिकूल मौसमका कारण भारतीय हेलिकप्टर नेपाली भूमिमा प्रवेश गर्‍यो: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभागमा प्रवेश गरेको बताएका छन्।

बजेट बनाउन सरकारको ताकेता: समयमै बजेट नल्याउने २३ स्थानीय सरकारसँग मागियो स्पष्टीकरण

आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ

काठमाडौं महानगरपालिका-१३ बाफलबाट सोही ठाउँ डेरा गरी बस्ने सिन्धुली घर भएका २० वर्षीय युवराज खत्री समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २६ हजार ७ सय १० ट्याब्लेट र नगद ५० हजार रूपैयाँ सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

तनहुँको बन्दिपुरमा अविरल वर्षाले घर भत्कियो

तनहुँको बन्दिपुर गाउँपालिका-२ तार्केमा अविरल वर्षाका कारण एक घर भत्किएको छ। यद्यपि, कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन।

पेट्रोलियम पदार्थको मूल्य घटेपछि कृत्रिम अभाव गर्ने पम्पमाथि कारबाही गर्न शाहीको माग

उनले पेट्रोलियम पदार्थको मूल्य घटेपनि पुरानै मुल्यमा खरिद नाफा कमाउने उद्देश्यले व्यवसायीहरूले कृत्रिम अभाव सिर्जना गरेको हुन सक्ने बताएका छन्।

भेनेजुएला भूकम्प : एक हजार ९४३ जनाको मृत्यु, १० हजार भन्दा बढी घाइते

भेनेजुएलाको महाभूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ जना पुगेको छ।

चलचित्र विकास बोर्डले ल्यायो ‘सिनेपा’ एप

एप नेपाली चलचित्र क्षेत्रलाई सूचना, अभिलेख, प्रवद्र्धन र पहुँचका हिसाबले डिजिटल युगसँग जोड्ने उद्देश्यले तयार गरिएको बताइएको छ।

विदेश पठाइदिन्छु भन्दै ६५ लाख ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगेको अभियोगमा पाँच जना पक्राउ परेका छन्।

डेङ्गु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान चलाउँदै कामपा

काठमाडौं महानगरपालिको लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ।

रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्