४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हिमाल चढ्दै झिँगा र लामखुट्टे

केही वर्षयता मुस्ताङको सदरमुकाम जोमसोममा देखिन थालेको लामखुट्टे अहिले उच्च हिमाली क्षेत्रमा पनि भेटिन थालेको छ।

डेङ्गुविरुद्ध अभियानः खोज र नष्ट गर

डेङ्गुको सङ्क्रमण फैलन नदिन यहाँ ‘खोज र नष्ट गर’ अभियान शुरु भएको छ। जिल्लामा डेङ्गुका बिरामी भेटिएपछि सरोकार भएका पक्षले उच्च सतर्कता अपनाएका हुन्।

पहाडमा उक्लियाे लामखुट्टे

केही वर्षअघिसम्म तराईका जिल्लामा मात्र हुने डेंगी संक्रमण अहिले पहाडी जिल्लामा पनि देखिन थालेको छ। यातायात पहुँच विस्तारले एक ठाउँबाट अर्काे ठाउँमा आवतजावत बढेपछि तराईमा पाइने डेंगी सार्ने लामखुट्टे पहाडमा पनि देखिन थालेका हुन्। जलवायु परिवर्तनको असरका कारण पनि लामखुट्टे तराईबाट पहाड उक्लिन थालेका हुन्।

डेङ्गु रोग स्वास्थ्य मन्त्रालय मात्र नियन्त्रण गर्न नसक्ने : राज्यमन्त्री यादव

पछिल्लो समय देशका ४५ भन्दा बढी जिल्लामा देखापरेको डेङ्गु रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो एकल प्रयासले नसक्ने जनाएको छ।अघिल्लो आर्थिक वर्षमा ३ हजार ८ सय ३४ जनामा देखिएको डेङ्गु रोगको सङ्क्रमण यसवर्षको एक महिना १२ दिनमा एक हजार ५ सय ३७ जना देखिएको प्रमाणित भएको छ। एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सो रोग सङ्क्रमण हुने गरेको छ।

‘आफ्नो घरको लामखुट्टे नष्ट गरे डेंगी लाग्दैन’

तपाईंलाई डेंगी लाग्छ कि भन्ने डर छ ? तपाईंको छिमेकमा कसैलाई डेंगी लागेको छ ? यस्तो छ भने समयमै सचेत हुनुहोस् ! तपाईंलाई पनि लामखुट्टेले टोकेर डेंगी सर्न सक्छ। आफ्नो घरवरिपरि डेंगी सार्ने लामखुट्टेको लार्भा खोजेर आफैं नष्ट गरे बच्न सकिने विज्ञहरूले सुझाएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको डेंगी नियन्त्रणसम्बन्धी छलफलका विज्ञ सहभागीले यस्तो उपाय बताएका हुन्।

डेंगी लामखुट्टे नष्ट गर्न महानगरपालिका घरघरमा पुग्ने

काठमाडौं महानगरपालिका तथा उपत्यकाभित्र फैलिरहेको डेंगी नियन्त्रणको लागि काठमाडौं महानगरपालिका घरघरमा पुग्ने भएको छ। महानगरले प्रभावित टोलका घरघरमा पुगेर डेंगी सार्ने लामखुट्टे नष्ट गर्न र जनचेतना जगाउन घरदैलो अभियान चलाउने जनाएको छ।

लामखुट्टेको लार्भा नष्ट गर्न जनपरिचालन

धरानमा डेंगुका बिरामी भेटिएको झन्डै चार हप्तापछि नियन्त्रण अभियान थालिएको छ। प्रकोप नियन्त्रणभन्दा बाहिर गए पनि नियन्त्रणका लागि जनप्रतिनिधिहरू सक्रिय नभएको आलोचना हुन थालेपछि बल्ल बुधबारदेखि जनचेतनामूलक अभियान सुरु गरिएको हो। प्रिमनसुनमा देखिएको डेंगुको प्रकोप अहिल्यै नियन्त्रणमा नआए मनसुनपछि महामारीको रूप लिन सक्ने भन्दै स्वास्थ्य सेवा विभाग, इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा र चिकित्सकहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। उनीहरूले धरानका हरेक घरमा पुगेर लामखुट्टेको अन्डा र लार्भा नष्ट गर्नुपर्ने सुझाव दिइरहे पनि अभियान सुरुआत गर्न भने ढिलाइ भएको थियो।

कालाजार रोग नियन्त्रणका लागि अभियान

लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने कालाजार रोग उन्मूलनका लागि पाल्पामा भुसुना नियन्त्रण अभियान शुरु भएको छ।

लामखुट्टे धपाउन बालिएको आगोले तीन घर खरानी

लामखुट्टे धपाउन बालिएको घुरको आगो सल्केर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर स्थित ३ वटा घर खरानी भएको छ ।

डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट

चितवनस्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको छ ।

लामखुट्टे भगाउने र चुलो बनाइदिने प्रतिबद्धता

भीमराज यादव फोरम नेपालका तर्फबाट राजविराज नगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । लामो समय सद्भावनामा बिताएका यादव मधेस आन्दोलनमा पनि निकै सक्रिय थिए । यद्यपि ‘जनताले तपाईंलाई नै किन भोट हाल्छन् ?’ भनी सोधिएको जिज्ञासामा उनी न त मधेसवादकै कुरा गर्छन्, न त मधेसवादी राष्ट्रिय अजेन्डाको ।

लामखुट्टे मारेको फोटो पोष्ट गरेपछि ट्वीटर एकाउन्ट बन्द

लामखुट्टे मारेको फोटो ट्वीटरमा पोष्ट गरेको आरोपमा जापानका एक युवकको ट्वीटर एकाउन्ट बन्द गरिएको छ।  ट्वीटरमा लामखुट्टे  मारेर फोटो पोष्ट गरेको केही समयमा नै उनको ट्वीटमा ३१ हजार भन्दा बढी रिट्वीट तथा २७ हजार भन्दा बढी लाइक आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्