११ मंसिर २०८१ मंगलबार
image/svg+xml

अर्को वर्ष मनाउँला दशैं

नातिले आवाजै नसुनी चिनेको देखेर, हजुरबुबा पनि दङ्ग पर्नुभयो । “ लल, भाग्यमानी भएस्, नाति ! ल अब खुशी होऊ, मेरो र तिम्री हजुरआमा दुवैको रिपोर्ट नेगेटिभ आयो, संक्रमण भएको रहेनछ, बुझ्यौ?” हजुरबुबाको कुरा सुनेर प्रवेशको भुँइमा खुट्टा भएन, कतिखेर बाबा–आमालाई सुनाउनुझैं भयो ।

विभूषाको दिनचर्या

वास्तवमा हामी दुवैले हाम्रा दुवै नानीलाई उतिकै माया गर्छौ । हाम्रा दुई आँखाका नानीजस्तै छन् नानी विभूषा र बाबु सम्राज्ञ । बाबु त सानै छ उसलाई नानीलाई जति थाह पाउने बेला भएको छैन । ऊ भरखर तीन वर्षको भयो । छ वर्ष पुग्दै गरेकी मेरी छोरी एकदमेै चञ्चल जिज्ञासु अनि चुलबुले छ ।

निरुपा र प्रसुन

‘अँ ठिक्क पर्यो । खुच्चिङ –खुच्चिङ गर्दै निरुपाले प्रसुनलाई गिज्याई । प्रसुन रुन थाल्यो । आमाले दुवैलाई सम्झाउँदै भन्नुभयो, ‘हेर, मेरा ज्ञानी नानीबाबु, आमालाई यसरी दुख दिनु हुँदैन । तिमीहरू रमाएर , हाँसेर खेले पो आमाको मन रमाउँछ । एक अर्कासँग झगडा गरे कसरी रमाउँछ आमाको मन , भन त । तिमीले चाउचाउ खान छोडेर कति फाइदा भएको छ भन त आफै । पेट दुख्न छोडेको छ । खाना रुचि हुन थालेको छ । मोटाएर राताराता गाला भएको छ ।’ प्रसुनले हाँस्दै भन्यो ।

अर्को नाम

शिक्षकलाई गुरु भन्छन् विद्यालाई ज्ञान चेलाहरू विद्यार्थी हुन् गर्छन् अध्ययन कामबाटै कर्म हुन्छ कर्मबाटै नाम असल कार्य गर तिमी पाउँछौ अर्को नाम।

कोरोना कहर

कोरोनाको कहर छ संसारभरि लहर छ हिँड्डुल गर्न डर छ पढ्न पनि रहर छ स्कुल पस्ने गेट छैन साथीसगँ भेट छैन पढ्न साहै मन लाछ मन चुलबुलमा छ कोरोना र छ पापी खाली रहे कापी पूरा लुगा लाऊँ है कोरोना भगाऊ है।

विनूकाे बानी

कसैले विनू भनेर बोलायो भने हजुरआमा आइपुगेको जस्तो मान्छिन् उ । हजुर आमा विनूलाई काखमा लिने,म्वाइँ खाने र सम्सुम्याउने गर्नुहुन्छ । उनी बाँदरको छाउरो टास्सिएजस्तै गरेर टास्सिन्छिन् हजुर आमाका काखमा । यो उनको बानी नै भएको छ ।

कोरोनाभूति हाम्रो बस्तीका नानीबाबूहरू

नानीबाबूहरूको अवस्थालाई सूक्ष्म रूपमा हेर्ने हो भने उनीहरू कोरोनाको यो संक्रमण अवस्थाबाट आत्तिएको पटक्कै देखिँदैनन् । बरु उनीहरू सजग भएको देखिन्छ । उनीहरूमा कोरोनाको सुरुवाती बन्दाबन्दीमा झै तनाव, उकुसमुकुस र छटपटी छैन । उनीहरूको अनुहारमा सामान्य अवस्थाको खुसी, चञ्चलता र जिज्ञासाहरू नै देखिन थालेको छ

बाबा हाम्रा प्यारा

बाबा हाम्रा प्यारा हुन्छन् सधैं माया गर्ने रिसाए पनि हामीलाई सधैं आशिष् दिने छोरीको पहिलो माया अनि छोराको जीवनको नायक बाबाहरू यस्तै हुन्छन् सधैं गर्व गर्नलायक ।

चराको क्रम

एउटा चरो बिचरो गुँडमा सानो थियो माउले चुच्चामा चारो ल्याई खुवायो साँझपख चिरबिराउदै फर्के गुडँमा चरा आफ्ना माउले ल्याएको चारो खाउ बचरा जहीँत्यहीँ उड्ने गर्छन् कर्म यही हो चराको अनेक जातका सानाठूला समूह हुन्छ बराको ।

जून मामा !

जून मामा ! जून मामा ! मलाई नि सिकाउन तिमीजस्तै ज्ञानी बन्न समयमै काम गर्न । जून मामा ! जून मामा ! पढीलेखी ठूलो बनी एक दिन चढी यान आउनेछु तिमी भेट्न ।

साथीसँग मनका कुरा

आमाले एक दिन पचिस रुपियाँ दिएर साग किन्न पठाउनु भो अनि बिस रुपियाँमा दुई मुठा आउँछ मूल्य पनि आपैmले भन्नुभो । मैले पन्ध्र रुपियाँमा ल्याएँ, उहाँले सस्तो रहेछ तीन मुठा ल्याउनुपर्ने भन्नुभो, केही दिनपछि मैले पचिस रुपियाँमा दुई मुठा ल्याएँ । आमाले महँगो रहेछ एक मुठा ल्याउनुपर्ने भन्नुभो । जहिले जे गरे पनि विकल्प दिइहाल्ने ! राम्रो गरिस् त भन्ने बानी छैन । तिमीहरूको कुरा उस्तै लागेर रमाइलो भनेको !

सुनौलो अमृत

“मलाईसबै मेरी आमाले सिकाउनुभएको नि । हामीलाई रुघाखोकी ज्वरो आयो भने तुलसी, बेसार, मेथी, ज्वानो अनि चुल्होको पाकेको माटो एक चिम्टी राखेर काँडापानी बनाएर खुवाउनुहुन्थ्यो आमाले । हाम्रो पालामा त जे बिरामी भए पनि जडिबुटी नै हो खाने त । ”

बालबालिकालाई अतिरिक्त क्रियाकलाप किन ?

अतिरिक्त क्रियाकलाप भनेको तिम्रो स्कुलको कोर्सको पुस्तकभन्दा बाहेकको कुरा सिक्नु हो । स्कुलको पढाइ भनेको त पुस्तकको कुरा पढ्ने हो । सबैले एउटै कुरा पढ्ने हो । त्यहाँ मन अनुसार पढ्न पाइन्न । अतिरिक्त क्रियाकलापको सिकाइ भनेको तिमीहरूलाई आफ्नो इच्छाले के कुरा सिक्न मन लाग्छ त्यो कुरा सिक्ने हो । कसैले जबर्जस्ती यो गर भनेर गर्ने होइन । तिमीहरू आफ्नो रुचिअनुसार अतिरिक्त क्रियाकलापसिक्न÷ गर्न सक्छौ ।

दीपशिखा

“होइन नानी । यो त तिमीलाई फकाउन भन्नुभएको । वास्तवमा तिमी नजन्मँदै तिम्रा बुबा बित्नुभएको थियो । त्यसैले तिमी स्कुल नगई बाबालाई जति चिठी पठाए पनि बाबुले पढ्नुहुन्न । अब भोलिदेखि बाबुलाई चिठी पठाउन घरमा नबस ल । बरु धेरै पढी तिम्रा बाबाको ज्यान लिने रोगको ओखती बनाऊ ।”, दीपशिखाले भनिन् ।

‘सर्पको गाउँ’को कथा

सर्प देखेर तपाई कतिको डराउनुहुन्छ ? हो पक्कै पनि धेरै डर लाग्छहोला । यही सर्प हाम्रो वरपर पनि रहेका छन् । अझ भन्ने हो भने त नेपालको तराईमा त कति धेरै सर्प आउँछन् । त्यसमाथि विषालु गोमन र करेत सर्पसंग त सधैं सतर्क हुनुपर्छ । नेपालमा सर्पको टोकाईबाट वर्षेनी धेरै मानिसहरूको ज्यान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्