११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

विभूषाको दिनचर्या

बालकथा

गीता अधिकारी

विश्वमा नै नयाँ कुराका चर्चा भइरहेका छन् । मान्छेले नयाँनयाँ प्रगतिका कुरा गरिहेका हुन्छन् । हरेक नयाँनयाँ वस्तु तथा नयाँ कुराको खोजीमा संसारका मान्छे लागेका हुन्छन् । मेरी सानी छोरी विभूषा पनि केही नयाँ कुरा गर्न मनपराउँछिन् । उनी एकदमै जिज्ञासु छिन् । मलाई पनि उनको व्यवहारले दङ्ग पार्ने गर्छ । कहिलेकाहीँ त उनका कुराले म ट्वाव पर्छु । यति सानो उमेरमै कति धेरै कुरा आउँछ उनलाई भनेर अचम्म मान्छु । उनका हरेक कृयाकलापले ममा एक खालको कौतुहल्ता जगाउँछ ।

हरेक कुरा के, कसरी, किन, केका लागि भन्दै आफ्ना जिज्ञासा प्रकट गर्छिन् उनी । कहिलेकाहीँ त उनका कुराले दिक्क नै लगाउँछ । तर पनि उनका हरेक कुराको जाने जति झर्को नमानी उनको जिज्ञासा मेटाउने प्रयासमा हुन्छु म । उनको बाबा भने अलिक झर्को मान्ने गर्नुहुन्छ । सायद अफिसको कामको बोझले पनि होला । म सम्झाउने प्रयास गर्छु तर पनि हरेक समय उहाँको उत्तर एउटै हुन्छ ‘तिमी नै गर न’ । म भन्ने गर्छु ‘म त छँदै छु नि तर पनि नानीलाई के छ भने मामुभन्दा बाबालाई धेरै कुरा थाह छ’, फेरि पनि उहाँ यी सबै कुरामा ध्यान दिनुहुन्न ।

विश्वमा नयाँ रोगले सबैलाई घरमा नै बन्द गरेको थियो । म पनि अहिले अफिसको काम सकेसम्म घरबाटै गर्ने गरिरहेकी थिए । नानीहरूको स्कुल नगएको पनि पाँच महिना पुग्दै थियो । कोराना भाइरस भन्ने नयाँ रोगले संसारका मानिसलाई घरमै थुनेको थियो । यो रोगले गर्दा सबैको मुखमा माक्स अनिवार्य भएको थियो हामी पनि लामो समयदेखि घरमै बसिरहेका थियौ । नानीहरूको स्कुलको पढाइ पनि अनलाइन माध्यमबाट अलिअलि भइरहेको थियो । यो विषयमा पनि म छोरीका जिज्ञासाा आफूले जाने जति मेटाउने प्रयास गरिरहेकी थिए म ।

एकदिन म घरमै अफिसको काम गरिरहेकी थिए नानी ‘मामूमामू’ भन्दै दौडिदै आइन् । छोरी दौडिदैै ढोकामा आएर रुन्चे मुख लाइन् । ‘के भो नानी ?’ मैले ल्यापटप बन्द गर्दै भने । ‘बाबाले आजभोलि भाइलाई मात्र माया गर्नेुहुन्छ मलाई माया गर्नुहुन्न’ भन्दै काखमा आएर भक्कानिदै रुन थालिन् । मन कता कता अमिलो भयो, कुनै गरुङ्गो कुराले थिचेको जस्तो भयो । कसले भन्यो तिमीलाई त्यस्तो नचाहिने कुरा ? तिमीलाई त भाइलाई भन्दा धेरै माया गर्नुहुन्छ बाबाले भन्दै सुमसुम्याएँ । उसले हुक्कहुक्क गर्दै भनी, ‘भाइ त्यति सानो छ फेरि पनि बाबाले भाइले सोधेका सबै कुरा भन्नुहुन्छ । मलाई किन मामुलाई गएर सोध भन्नुहुन्छ नि ? भाइलाई माया गरेर होइन ।’  

मैले त्यस्तो होइन ‘मेरो नानीलाई त मैले भन्दा बाबाले धेरै माया गर्नुहुन्छ’ भनेर सम्झाउने कोशिस गरे । नानीको बाबा पनि आएर ‘मेरो छोरीलाई कसले त्यस्तो भन्यो भन्दै काखमा लिनुभयो । नानी बाबाको काखमा लुटुपुटु भई । वास्तवमा हामी दुवैले हाम्रा दुवै नानीलाई उतिकै माया गर्छौ । हाम्रा दुई आँखाका नानीजस्तै छन् नानी विभूषा र बाबु सम्राज्ञ । बाबु त सानै छ उसलाई नानीलाई जति थाह पाउने बेला भएको छैन । ऊ भरखर तीन वर्षको भयो । छ वर्ष पुग्दै गरेकी मेरी छोरी एकदमेै चञ्चल जिज्ञासु अनि चुलबुले छ ।

प्रकाशित: १७ भाद्र २०७७ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App