२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

बालबालिकालाई अतिरिक्त क्रियाकलाप किन ?

खेमराज पोखरेल

नानीबाबुहरू हो,  

आज म तिमीहरूलाई अतिरिक्त क्रियाकलापका बारेमा बताउँछु । मलाई थाहा छ केही महिनापहिले तिमीहरू सबैजना स्कुलमा गएर पढ्दै थियौ । तर अहिले कोरोनाका कारणले घर बसेर पढिरहेका छौ । घरमा बस्दाबस्दा बोर पनि भएका छौ । टिभी हेर्दा हेर्दाआँखा टट्याइसकेका होलान् । यस्तो बेलामा स्कुलको पढाइबाहेकको अतिरिक्त क्रियाकलापमा दिमाग लगायो भने तिमीहरूलाई सजिलो हुन्छ ।

एउटा कुरा बुझि राख, स्कुल गएर पढ्दा क्लास चढिन्छ । क्लास चढ्ने पढाइ मात्र सिकाइ होइन । क्लास चढ्ने पढाइ त आधारभूत कुरा मात्र हो । भर्याङ मात्र हो । क्लास नचढी पनि हुँदैन । तर अतिरिक्त क्रियाकलाप झन् महत्त्वपूर्ण पढाइ हो । सिकाइ हो । यो सिकाइ तिमीहरूको जीवनमा काम लागिरहन्छ । अतिरिक्त क्रियाकलाप भनेको तिम्रो स्कुलको कोर्सको पुस्तकभन्दा बाहेकको कुरा सिक्नु हो । स्कुलको पढाइ भनेको त पुस्तकको कुरा पढ्ने हो । सबैले एउटै कुरा पढ्ने हो । त्यहाँ मन अनुसार पढ्न पाइन्न । अतिरिक्त क्रियाकलापको सिकाइ भनेको तिमीहरूलाई आफ्नो इच्छाले के कुरा सिक्न मन लाग्छ त्यो कुरा सिक्ने हो । कसैले जबर्जस्ती यो गर भनेर गर्ने होइन । तिमीहरू आफ्नो रुचिअनुसार अतिरिक्त क्रियाकलापसिक्न÷ गर्न सक्छौ ।

तिमीहरूलाई थाहै छ, म अमेरिकामा बस्छु । मेरी नातिनी पनि स्कुल जान्थिन् । तर अहिले कोरोनाले घरैमा बस्छिन् । अमेरिकामा स्कुलले पनि धेरै अतिरिक्त क्रियाकलाप गराउँछ । आफ्नो पुस्तकको पढाइबाहेक अन्य कुनै दुईवटा अतिरिक्त कुरा सिकाउन स्कुलले नै बल गर्छ । स्कुलमा साना नानीबाबुहरूले आफैं कुनै विषयमा उत्सुकता देखाउँछन् त्यो कुरा शिक्षकले गहिरोसँग बुझ्दछन् । अनि त्यसै अनुसार नानीबाबुहरूलाई अतिरिक्त क्रियाकलाप गराउँछन् । त्यो कुराको ख्याल राख्नुपर्छ । त्यसैअनुसार बालबच्चाहरूको व्यक्तित्व निर्माण गर्नुपर्छ । व्यक्तित्व निर्माण गर्न अतिरिक्त क्रियाकलापले ठूलो भूमिका खेलेको हुन्छ । स्कुलले भनेअनुसार हामीले पनि घरमा मेरी नातिनीलाई अतिरिक्त क्रियाकलाप गराउनुपर्छ । मेरी नातिनी एनिजालाई पौडी खेल्न र चित्र बनाउन खूब मन पर्छ । यो कोरोनाले गर्दा पौडी खेल्ने ठाउँ स्विमिङ पुलबन्द छ । त्यसैले हामीले आफ्नै घर पछाडिको बारीमा प्लास्टिकको रेडिमेड स्विमिङ पुलकिनेर राखिदिएका छौं । स्विमिङ गर्दा लाउनुपर्ने स्विमिङ कस्टयुम किनिदिएका छौं । लाइफ ज्याकेट पनिकिनिदिएका छौं । उनी त्यही रेडिमेड स्विमिङ पुलमा पौडी खेल्छिन् । पौडी खेल्न पाउँदा उनी खूब रमाउँछिन् । पानीमा हातखुट्टा फालेर पौडिन उनलाई खूब आनन्द लाग्छ । यसले गर्दा उनको शरीर बलियो भएको छ ।

त्यसैगरी धेरै खाले चित्रहरू बनाउने अतिरिक्त क्रियाकलाममा मेरी नातिनीको रुचि छ । उनको कोठामा चित्रकलाका सामानहरू राखिदिएका छौं । विभिन्न खाले रङहरू राखिदिएका छौं । क्यानभास राखिदिएका छौं । उनी कहिले सादा कागजमा मेरो चित्र बनाएर म सुत्ने कोठाको भित्तामा टाँसिदिएकी छिन् । उनका कोठाको भित्ताभरि विभिन्न खाले चित्रहरू टाँसेकी छिन् । मान्छेको, चराको वा कुनै पहाडको चित्र बनाउन उनलाई खूब मनपर्छ ।

नानीबाबुहरू चित्र बनाउनु र पौडी खेल्नुबाहेक अरू पनि धेरै प्रकारका अतिरिक्त क्रियाकलाप हुन्छन् । बाजा बजाउनु, खेल खेल्नु, कविता लेख्नु, कुद्नु, नाच्नु, पेन्टिङ गर्नु, स्केच गर्नु, हस्तकलाका सामग्री बनाउनु, माटाका, काठका, कपडाका मूर्ति वा कुनै खेलौना आकृति बनाउनु, मार्सल आर्ट सिक्नु, कटाइ, सिलाइबुनाइ आदि सिक्नु अतिरिक्त क्रियाकलापमा पर्छन् । यसैगरी खाना पकाउने, करेसाबारी लगाउने, फूल रोप्ने, अभिनय गर्ने, अर्को भाषा सिक्ने आदि पनि अतिरिक्त क्रियाकलाप अन्तरगत पर्ने कुरा हुन् । यसबाहेक पनि अनेकौं प्रकारका अतिरिक्त क्रियाकलापहरू हुन्छन् । तिमीहरू पनि आफूलाई मन लागेको अतिरिक्त क्रियाकलाप गर है । केही नयाँ कुरा सिक है । किनभने सिकेको कुरा भोलि पर्सि काम लाग्छ ।

तिमीहरूलाई थाहा होला नाच्न, गाउन, पेन्टिङ गर्न, खाना पकाउन जानेका मान्छेले पनि संसारमा धेरै नाम कमाएका छन् । मान कमाएका छन् । पैसा पनि कमाएका छन् । म एउटा उदाहरण दिन्छु है तिमीहरूलाई सामफाइन भन्ने अमेरिकन मेकअप आर्टिस्टले एक दिनमा सरदर नेपाली रुपैयाँ चार लाख कमाउँछिन् । भारतमा पनि एउटा राम्रो गायकगायिकाले एउटा गीत गाएको बिस लाख नेपाली रुपियाँसम्म लिन्छन् । राम्रो एउटा पेन्टिङ करोडौं रुपियाँमा बिक्री हुन्छ । खाना पकाउन जान्ने मान्छेको त झन् संसारमै निकै माग छ । उनीहरूले पैसा पनि निकै कमाउँछन् । राम्रो खाना पकाउने मान्छेको भारतमै पनि तलब महिनाको पाँच लाखभन्दा बढी हुन्छ । नेपालमै पनि नाम चलेका हिरोहिरोइनले एउटा सिनेमा खेलेको दस लाखसम्म कमाउँछन् । नेपालमा पनि कतिपय ठूला मान्छेहरू आफूले पढेको विषयभन्दाअर्कै क्षेत्रमा आफ्नो भविष्य बनाउने धेरै मान्छेहरू छन् ।

यसरी स्कुलको पढाइबाहेक अतिरिक्त क्रियाकलाप गरेर केही राम्रो कुरा सिक्यै भने तिमीहरूलाई ठूलो भएपछि धेरै काम लाग्छ । अतिरिक्त क्रियाकलापले रमाइलो पनि गराउँछ । समपनि कटाउँछ । नापनि कमाउँछ । पैसा पनि कमाउँछ । त्यसकारण तिमीहरूमआफू भित्रको क्षमतालाई एकदम ढुक्कसँग अतिरिक्त क्रियाकलापका माध्यमबाट अगाडि ल्याउनुपर्छ । घरैम भएका सामानबाट अतिरिक्त क्रियाकला गर्न सकिन्छ । पैसा नभई महँगो सामान किनिरहनु पर्दैन । फालिने घरायसी सामानबाट पनि निकै राम्रा कुराहरू बनाउन सकिन्छ । यो कुरालाई ख्याल गरेर तिमीहरू पनि अतिरिक्त क्रियाकलापमा फुर्सदको समयमा ध्यान देऊ । के ठेगान, तिमीहरू पनि भविष्यमा अतिरिक्त क्रियाकलापकै सिकाइबाट ठूला मान्छे हुन्छौ कि !

तिमीहरूलाई माया गर्ने

अमेरिकाको हजुर्बा  

प्रकाशित: ६ भाद्र २०७७ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App