६ आश्विन २०८१ आइतबार
image/svg+xml

त्रिशुली जिप दुर्घटना : ८ दिनपछि भेटियो सचिवका छोराको शव

त्रिशुली नदीमा जिप खस्दा वेपत्ता भएका सिंचाई मन्त्रालयका सचिव रमानन्द यादवका छोराको शव ८ दिनपछि फेला परेको छ। सचिव यादव चढेको जित माघ २६ गते मलेखु नजिकै त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो।

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि (बिहीबार) बिहान ९ बजे बस्ने भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

त्रिशुली दुर्घटना अपडेट :  बेपत्ता सचिवको शव फेला, दुई अझै बेपत्ता

त्रिशुली नदीमा जिप खस्दा बेपत्ता भएका सिचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको शव फेला परेको छ । सिट बेल्ड लगाइएको अवस्थामा जीपभित्र नै उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरी निरीक्षक संजय तिमिल्सनाका अनुसार जिप सचिव यादवले नै चलाएका थिए।

प्रधानन्यायाधीशविरुद्ध मुद्दा दर्ता भएन

प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको दावी सहितको अहवेलना मुद्दा सर्वाेच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ।

देवघाटमा विद्युतीय शवदाह गृह बनाइने

पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ।  देवघाट क्षेत्र विकास समितिको अगुवाइमा सो गृह निर्माण गर्न लागिएको हो । चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २४ वटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याइने गरिन्छ।

बगरमा गाडिएको बालिकाको शव फेला

खोटाङमा ८ वर्षीय बालिकाको शव खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेको छ । बुधबार दिउँसोदेखि हराएकी रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी बालिका लुमनी राईको शव बुधबार राति स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

मधेशवादी दल एउटै बन्नुपर्छ : यादव

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन गरेका मधेशवादी दल एउटै बनाएर अघि बढ्नुपर्ने बताएका छन्।

लोकतन्त्र खतरामा पारेको भन्दै भारतमा प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चका न्यायाधीश

भारतमा सर्वाेच्च अदालतका चार न्यायाधीशले प्रधानन्यायाधीशलाई खुल्ला चुनौति दिएका छन्। भारतीय इतिहासमा न्यायधीशले न्यायपालिका प्रमुखमाथि प्रश्न उठाएको यो पहिलोपटक भएको बीबीसीमा उल्लेख छ।

शव भेटिएको १५ महिनापछि पक्राउ

एक व्यक्तिको मृत्यु भएको १५ महिनापछि घटना ‘रहस्यमय’ देखिएको भन्दै नुवाकोट प्रहरीले ५ जनालाई पक्राउ गरी कारवाहीका लागि अनुसन्धान शुरु गरेको छ। पक्राउ परेकाविरुद्ध प्रहरीले शुक्रबार नुवाकोट जिल्ला अदालतमा कर्तव्य ज्यानविरुद्ध मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान शुरु गरेको हो।

कोरियाबाट शव झिकाउन करोडौं

रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको कोरियासँग नेपालले गतिलो तवरले श्रम सम्झौता गर्न नसक्दा बर्सेनि अनावश्यक रूपमा ठूलो रकम गुमाइरहेको छ ।

सिरियाको रक्कामा गाडिएका ११५ शव निकालियो

सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमा पुरिएको सामुहिक चिहानबाट ११५ ओटा शव बाहिर निकालिएको छ।  ती शव इस्लामिक स्टेट (आइएस) लडाकूहरुद्धारा मारिएका सिरियाली सर्वसाधारण नागरिक र सरकारी सुरक्षाकर्मीहरुको भएको अनुमान गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था सानाले जनाएको छ।

युवककाे शव फेला

व्यास २ बाघबजारस्थित बुल्दी खोला किनारमा मंगलबार बिहान एक युवककाे शव फेला परेका छन् । गोरखा पालुङटार नगरपालिका वडा नम्बर–७ च्याङ्ली घर भई हाल व्यास नगरपालिका–४ बस्दै आएका २५ वर्षीय ओमबहादुर विकको शव भेटिएको जानकारी जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको छ ।

बस दुर्घटनामा बेपत्ता तीनको शव फेला

मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन्। प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बेपत्ता भएका सन्धिखर्क– ९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा र गैँंडाकोट नगरपालिका–३ का विकास रेग्मीको शव फेला परेको हो।

शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी

पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्