११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पहिरोले मेची राजमार्ग अवरुद्ध

पहिरोले मेची राजमार्गको आधाभन्दा बढी भाग झरेपछि मेची राजमार्ग अवरुद्ध भएको छ। इलाम बजारनजिकैको धोबिधारादेखि कुलधाराबीचमा पर्ने नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) कार्यालयछेउको खोल्सीमा राजमार्ग नै धस्सिएर झरेको हो।

बाढीले हेलम्बु राजमार्ग अवरुद्ध, पैराबारीका घर जोखिममा

मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सुजिता मृत्यु प्रकरण: सत्यतथ्य छानबिनको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

बाढीपहिरोले २० ठाउँमा राजमार्ग अवरुद्ध

बाढी–पहिरोले क्षतिग्रस्त देशभरका २० वटा सडक खण्ड अझै पनि सञ्चालनमा आउन सकेका छैनन् । कतिपय ठाउँमा सवारी आवागमन ठप्प छ । सडक विभागका अनुसार गत असारदेखि भदौ ३ गतेसम्म विभिन्न राजमार्ग अन्तर्गतका दुई सय एक सडक बाढी–पहिरोले अवरुद्ध भएका छन् ।

बाढीपहिरोमा थप ६ जनाको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण थप ६ जनाको ज्यान गएको छ। धादिङ र दार्चुलामा पहिरोले पुरिएर पाँच र रौतहटमा बाढीले बगाएर एकजनाको ज्यान गएको हो। बाढीपहिरोबाट कम्तीमा १५ जना घाइते र सयौं परिवार विस्थापित भएका छन्।

आँबुखैरेनीमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको आँबुखैरेनीस्थित ऐन पहरा नजिकै पहिरो जाँदा चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धीप्रसाद भुषालका अनुसार आज बिहान साढे ६ बजेदेखि लगातार पहिरो खसिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्