२१ असार २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री कोस्टारिकातर्फ प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजेतर्फ प्रस्थान गरेका छन्।

'देश डुब्दैन, म छु'

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू केही दिन बाहिर हुँदैमा देश नडुब्ने बताएका छन्।

९५ प्रतिशत बलात्कारी सरकारकाे कब्जामा : गृहमन्त्री थापा

गृहमन्त्री राम बहादुर थापाले ९५ प्रतिशत बलात्कारी सरकारको कब्जामा रहेको बताएका छन्। पाँच प्रतिशत बलात्कारीहरु अनुसन्धानकै क्रममा रहेका भए पनि अन्य ९५ प्रतिशत बलात्कारीलाई सरकारले नियन्त्रणमा लिइसकेको गृहमन्त्री थापाकाे भनार्इ छ।

महिला हिंसाका पीडितलाई समयमै न्याय दिन नेकपाका नेतृको माग

बालबालिका, किशोरी र महिला हिंसाविरुद्ध कडा कानून बनाएर पीडितलाई समय मै न्याय दिन माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण गराइएको छ। नेपाल कम्युनिष्ट पार्टीका नेत्री अष्टलक्ष्मी शाक्यको नेतृत्वमा एक प्रतिनिधिमण्डलले मन्त्री थापाको कार्यकक्षमा शुक्रबार ध्यानाकर्षणपत्र बुझाएको हो।

गृहमन्त्री थापा र भारतीय मन्त्री प्रधानबीच भेटवार्ता

गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानले शुक्रवार शिष्टाचार भेटवार्ता गरेका छन्।

विरूवा राेप्दै मुख्यमन्त्रीले भने : निजगढ विमानस्थलको डिपिआर नबनेसम्म रुख काट्न दिन्नौं

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बारामा प्रस्तावित दोस्रो विमानस्थलको ‘डीपीआर’ (डिटेल प्रोजेक्ट रिपोर्ट) अर्थात बिस्तृत योजना प्रतिवेदन बनाएर मात्र रुखहरु कटान गर्नुपर्ने बताएका छन्। प्रदेश सरकारको योजना अनुसार ‘हरित प्रदेश अभियान’ शुभारम्भ गर्दै शुक्रबार बिहान पर्साको पर्सागढी नगरपालिकास्थित सबैया बनमा बृक्षारोपणको क्रममा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्।

रामबहादुरको रहस्य

गृहमन्त्री रामबहादुर थापाले हालैका दिनमा बढेका यौनजन्य हिंसाको दोष ‘पुँजीवाद’ माथि थोपरेका छन्। पुँजीवादले हिंसा बढाएको हो वा समाजमा नियम र नैतिकताप्रतिको चेतना हराएपछि यस्तो भएको हो?

नयाँलाई ठाउँ दिने भन्दै स्वीट्जरल्याण्डमा एक हप्तामै दुई मन्त्रीकाे राजीनामा

स्वीट्जरल्याण्डका उर्जा मन्त्री डोरिस लेथार्डले बिहीबार राजीनामाको घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनको राजीनामा यस बर्षको अन्त्यतिर मात्रै लागु हुने छ। उनीसँगै स्वीट्जरल्याण्डमा एक हप्तामा दुई मन्त्रीले राजीनामा दिएका छन्।

विश्व आतंकवाद, विदेश नीति र वातावरणीय परिवर्तनमा जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले अाज न्यूर्योकस्थित ७३ औ राष्ट्रसंघीय महासभामा सम्बोधन गरेका छन्। विश्व आतंकवादको नियन्त्रणमा नेपालको समर्थन, विश्व वातावरणीय परिवर्तनले पारेको असर, नेपालको विदेश नीति र वर्तमान सरकारको अवस्था बारे प्रधानममन्त्री ओलीको सम्बोधन केन्द्रित थियो।

अमेरिकी विदेशमन्त्री उत्तर कोरिया जाने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अर्को महिना उत्तर कोरियाको भ्रमण गर्ने निश्चय भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। उत्तर कोरियाका विदेशमन्त्री री योङ होसँग राष्ट्रसङ्घमा भएको भेट पश्चात् अमेरिकी विदेश मन्त्रालयले यस्तो जानकारी दिएको हो।

निर्मलाका हत्यारालाई छिट्टै कारवाहीको दायरामा ल्याइने : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिएका छन्। उनले भने, “पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन सकिन्छ। म यसमा विश्वस्त रहन सबैलाई आग्रह गर्दछु। जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा थप अध्ययन अनुसन्धान भइराखेको छ। नतिजा (रिजल्ट) छिट्टै आउँछ।”

अक्टोबर महिनापछि हुनसक्ने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच आउँदो अक्टोबरपछि शिखर बैठक हुन सक्ने बताएका छन्।

‘सस्तो इन्धन चाहिए हस्तक्षेप बन्द गर’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सस्तोमा तेल चाहिए मध्यपूर्वमा हस्तक्षेप बन्द गर्नुपर्ने इरानका तेल इन्धनमन्त्री बिजान जाङगानेले बुधबार बताएका छन्।

गृहमन्त्रीलाई राजीनामा दिन संसदमै नैतिक दबाब सिर्जना !

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सतेचक एवं सांसद पुष्पा भुसालले गृहमन्त्रीको राजीनामा माग गरेकी छिन्। बुधबारको संसद बैठकमा बोल्दै सांसद भुसालले गृहमन्त्री रामबहादुर थापालाई राजीनामा दिन पार्टीका तर्फबाट नैतिक दबाब सिर्जना गरिन्।

हत्यारालाई कानुनी कठ्घरमा ल्याएरै छाेड्छु : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सुनसरीमा अज्ञात समुहद्वारा असोज ४ गते हत्या गरिएका खुर्सिद आलमको हत्यारालाई कानुनी कठ्घरामा ल्याईछाड्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्