२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

गृहमन्त्री थापा र भारतीय मन्त्री प्रधानबीच भेटवार्ता

तस्बिर : रासस

काठमाडौं - गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानले शुक्रवार शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा भएको भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यको विषयमा छलफल भएको थियो।

गृहमन्त्री थापाले नेपालको हरेक क्षेत्रमा भारतले गर्दै आएको सहयोग प्रशंसनीय रहेको भन्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि आग्रह गरे। नेपाल–भारतको पेट्रोलियम पदार्थ सम्बन्धी निर्माणाधिन परियोजनाहरु छिट्टै सम्पन्न गर्न मन्त्री प्रधानको भ्रमणले सहयोग पुग्ने गृहमन्त्री थापाले विश्वास व्यक्त गरे।

भारतीय मन्त्री प्रधानले नेपाल र भारतबीच सामाजिक, आर्थिक, सास्कृतिक हरेक क्षेत्रमा ऐतिहाँसिक कालदेखिनै सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध थप मजबुत बनाउँदै लैजानुपर्ने बताए। दुई देशको सहकार्यमा निर्माण भईरहेको पेट्रोलियम पदार्थ सम्बन्धी परियोजना दुबै देशका लागि फाइदाजनक रहेको मन्त्री प्रधानले बताए। भेटमा नेपालका लागि भारतीय राजदुत रणजित रायपनि सहभागी थिए।

प्रकाशित: १२ आश्विन २०७५ १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App