१९ असार २०८१ बुधबार
image/svg+xml

प्रधामन्त्री ओली काठमाडाैंतर्फ प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई बुधबार साँझ न्यूयोर्कबाट काठमाडौँतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण पनि गरेको थियो।

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आउँदो आइतबार उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गर्नेछन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार, आणविक निःशस्त्रीकरणको प्रक्रिया अगाडि बढाउने अमेरिकी अपेक्षामा यसपटक ठोस प्रगति हुनेछ।

संविधान नमान्ने तत्वहरु प्रदेशका सुरक्षा चुनौती : मुख्यमन्त्री पाेखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेलले संविधान नमान्ने तत्वहरु प्रदेशको सुरक्षा चुनौतीका रुपमा रहेको बताएका छन्।

घरेलु हिंसा अन्त्य गर्न नयाँ अभियान : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताएका छन्।

‘जनप्रतिनिधिले ठेकेदारको भाषा बोल्नुहुन्न’

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिहरूले ठेकेदारहरुको भाषण बोलेको भन्दै आक्रोश पोखेका छन् । केन्द्र सरकारले बनाएको भन्दा ५० प्रतिशत मापदण्ड घटाएको दाबी गर्दै उनले प्रश्न गरे, ‘सबै क्रसर खोलामै छोड्ने हो ?’

भ्रष्टाचार आरोपी शर्मालाई मन्त्री अर्यालको संरक्षण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले साझा प्रकाशनका पूर्वअध्यक्ष एवं प्रबन्ध निर्देशक डोलिन्द्र शर्मालाई संरक्षण गरेको आरोप लागेको छ।

शान्ति विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुर्‍याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ।

प्रदेश सरकार ७ महिने बच्चा जस्तै : मुख्यमन्त्री पौडेल

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार गठन भएको सात महिना मात्र भएको भन्दै सरकारको कामकारवाहीको बचाउ गरेका छन्।

गैरसरकारी संस्थाले कर्णालीलाई गरिब बनाए : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले योजनावद्ध तरिकाले कर्णालीलाई गरिब बनाएको आरोप लगाएका छन्।

ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने बताएका छन्।

प्रधानमन्त्रीको कोस्टारिका भ्रमणको औचित्यबारे प्रश्न

संयुक्त राष्ट्रसंघ महासभाको ७३ आैं अधिवेशनमा सहभागी हुन अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मध्य अमेरिकी देश कोस्टारिकाको भ्रमणमा गएका छन्।

खल्तीका योजना अन्त्य गर्छौ : मुख्यमन्त्री पौडेल

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले खल्तीबाट योजना राखेर गरिने बिकासबाट गन्तव्यमा नपुगिने भन्दै त्यसको अन्त्य गरिने बताएका छन्।

निर्मला हत्या प्रकरणः छानविन प्रतिवेदन मन्त्रिपरिषदबाट सार्वजनिक गरिने

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त घटनाको छानविन प्रतिवेदन मन्त्रिपरिषदबाट सार्वजनिक गरिने भएको छ। गृहमन्त्री रामबहादुर थापाले आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा यस्तो जानकारी दिएका हुन्।

प्रधानमन्त्री कोस्टारिकातर्फ प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजेतर्फ प्रस्थान गरेका छन्।

'देश डुब्दैन, म छु'

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू केही दिन बाहिर हुँदैमा देश नडुब्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्