२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधामन्त्री ओली काठमाडाैंतर्फ प्रस्थान

न्यूयोर्क- प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई बुधबार साँझ न्यूयोर्कबाट काठमाडौँतर्फ प्रस्थान गरेका छन्। 

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण पनि गरेको थियो।

प्रधानमन्त्री ओलीले न्यूयोर्कमा राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनलाई सम्बोधन गरेका थिए भने सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग द्विपक्षीय भेटवार्ता गरेका थिए। उनले सान होजेमै शान्ति विश्वविद्यालय प्रदान गरिएको मानार्थ विद्यावारिधिको उपाधि ग्रहण गरेका थिए।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका, प्रमुख राजनीतिक सल्लाहाकार विष्णुप्रसाद रिमाल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन्। 

प्रकाशित: १७ आश्विन २०७५ १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App