२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाने

वासिङ्टन- अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आउँदो आइतबार उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गर्नेछन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार, आणविक निःशस्त्रीकरणको प्रक्रिया अगाडि बढाउने अमेरिकी अपेक्षामा यसपटक ठोस प्रगति हुनेछ। 

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दोस्रो शिखर बैठकको तयारी पनि गर्नेछन्। त्यसपछि उनी जापान र दक्षिण कोरिया जानेछन्। 

विदेशमन्त्री पोम्पेओको उत्तर कोरियाको यो चौथो भ्रमण हुनेछ। मन्त्री पोम्पेओले यसअघि दुई पटक उत्तर कोरियाली नेता किमलाई भेटिसकेका छन्। अमेरिकाले उत्तर कोरियाले आफ्नो आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम अन्त्य गराउन दबाब दिइआएको छ। 

यसअघि पनि पोम्पेओले गत अगस्टमा उत्तर कोरियाको भ्रमण गर्ने घोषणा गरेका थिए। तर सो भ्रमणलाई सिंगापुर बैठकमा व्यक्त प्रतिबद्धता पूरा गर्नेतर्फ उत्तर कोरियाले आवश्यक कदम नचालेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्द गरे। 

कमै मात्र विदेश भ्रमण गर्ने उत्तर कोरियाली नेता किम गत जुनमा सिङ्गापुरमा भएको पहिलो ऐतिहासिक शिखर बैठकमा अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने विषयमा द्वीपक्षीय सम्झौता भएको थियो।

प्रकाशित: १७ आश्विन २०७५ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App