१४ आश्विन २०८१ सोमबार
image/svg+xml

ग्यास पड्किँदा भोजपुर बजारमा आगलागी

यास पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुरबजारमा आगलागी भएको छ। आइतबार साँझ पाँच बजे बजारको भोटेपसलस्थित नीलम ज्वेलर्समा ग्यास पड्केपछि बजारमा आगो लागेको हो।

शेयर बजारमा भारी गिरावट

नेपाल स्टक एक्सेन्च परिसूचक ५८ दशमवल ४६ अंकले तल झरेको छ। केही समययता ओरालो लागिरहेको नेप्से १५९९ दशमलव ६२ मा गएर बजार बन्द भएकाे छ। लगानीकर्ताहरुले आफूसँग भएको शेयरको मूल्य अझै घट्ने त्रासमा बेच्न थालेपछि बजार आइताबार अझै ओरालो लागेको विष्लेकषहरुको बुझाइ छ।

आवाज नआउने सिलिङ पङ्खा नेपाली बजारमा

एरियो शृंखलामा पहिलो पटक छुट्टै प्रकारको असाधारण क्षमता भएको प्रिमियम सिलिङ पङ्खा तयार पारेको हो। यसका लागि शक्तिशाली मोटर अनि एरो डायनामिक डिजाइन गरिएको छ।

जेडटिई ‘एक्जोन’ सेरिज बजारमा

मोबाइल स्मार्टफोन निर्माता कम्पनी जेडटिईले नयाँ स्मार्टफोन जेटिई एक्जोन इलाइट र जेडटिई एक्जोन मिनी प्रिमियम भित्र्याएको छ । जेडटिईको आधिकारिक वितरक इभोलुसन इन्टरप्राइजेज प्रालिले उक्त एक्जोन सेरिजका स्मार्टफोन बजारमा ल्याएको हो ।

सेयर बजारमा उच्च उतारचढाव

सेयर बजारमा उच्च उतारचढाव देखिएको छ। आइतबार सेयर कारोबार सुरु भएको सवा २ घन्टामै सेयर बजार मापक नेप्से करिव ११ अंकले बढ्न पुग्यो। १६९७.२२ बिन्दुमा रहेको नेप्से परिसूचक उक्त समयावधिमा बढेर १७०७.७९ मा पुग्यो।

बन्दले छोएन सेयर बजारलाई, करिब तीन अङ्कले बढ्यो

नेकपा (माओवादी) को बन्दको कारण सवारी साधन सामान्य रुपमा चलेपनि धितोपत्र बजारमा भने त्यसले आज कुनै प्रभाव नपारेको पाइएको छ।

सरकारका सय दिनमा ११७ अकंले घट्यो बजार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको सय दिने कार्यकालमा सेयर बजार मापक नेप्से १ सय १७ अंकले ओर्लिएको छ। दाहाल प्रधानमन्त्री भएको दिन साउन १९ गते १८१३.७२ बिन्दुमा रहेको सेयर बजार गत बिहीबार १६९७.१७ मा आइपुगेको छ।

नुन अभावको हल्लाले कालोबजारी बढ्यो

नेपालगन्ज–७ फुलटेक्रा निवासी शारदा खड्का एक किलो नुन किन्न शनिबार बिहान थुप्रै पसल धाईन्। तर, बजारमा चलेको मुल्यमा नुन कतै पाईनन्। बरु उनले पसलमा प्रतिकिलो ७० देखि ८० रुपैयाँमा नुन किनबेच भइरहेको प्रत्यक्ष देखिन्। ‘अब नुन पाइन्न रे भन्दै एउटै व्यक्तिले चार/पाँच किलो नुन किनेको देखियो,’ शारदाले भनिन् ‘म त नकिनेरै फर्किए।’

पोखराको हङकङबजारमा आगलागी

पोखराको पृथ्वीचोकमा रहेको हङकङबजारमा गएराति आगलागी हुँदा लगभग पाँच करोडभन्दा बढीको क्षति भएको छ । राति १० बजेको समयमा अचानक भएको आगलागीबाट बजारभित्र रहेका ३० वटा पसलमा रहेका भाँडा, कस्मेटिक सामान, इलेक्ट्रोनिकलगायत विभिन्न सामग्री जलेर नष्ट हुँदा सो क्षति भएको हो ।

पाँच सय र हजारका नोट नचल्ने भएपछि सीमावर्ती बजारमा तनाव

भारत सरकारले ५ सय र एक हजार दरको नोट कारोबारमा प्रतिबन्ध लगाएपछि महोत्तरीको सिमावर्ती बजारमा तनाव उत्पन्न भएको छ।

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन

सेयर बजार मापक नेप्से परिसूूचक मंगलबार पनि २४.६३ बिन्दुले घटेको छ । सोमबार नेप्से परिसूचक १३.०९ बिन्दुले ओरालो लागेको थियो । दुइ दिनमै नेप्से परिसूचक करिब ३८ बिन्दुले घटेको छ ।

जाजरकाेटका बजारमा ८० प्रतिशतभन्दा बढी म्याद गुज्रेका सामग्री

जाजरकोटका स्थानीय बजारमा पाइने ८० प्रतिशतभन्दा बढी वस्तुको म्याद गुर्जेको पाइएको छ। जिल्लाका ग्रामीण क्षेत्रका बजारमा अनुगमन कहिल्यै पनि नहुने भएकाले व्यापारीले म्याद गुर्जेका सामग्री धमाधम बिक्री गर्ने गरेको पाइएको हो।

दसैंमा उक्लिएको सेयर बजार तिहारमा ओर्लियो

दसैंअघि माथि उक्लिएको सेयर बजार तिहारमा तल ओर्लिएको छ। दसैं बिदा सुरु हुने अघिल्लो दिनभन्दा सेयर बजार मापक नेप्से ६६ बिन्दुले ओर्र्लिएको छ। दसैंअघि निरन्तर उकालो लागेको नेप्सेमा दसैंपछि निरन्तर गिरावट आएको छ। दसैंअघिको अन्तिम कारोबारका दिन नेप्से १८१९.८८ बिन्दुमा पुगेको थियो।

गाउँपालिकामा न्यूनतम ३ वटा बजारकेन्द्र

संविधानमा व्यवस्था भए अनुसार संघीयता कार्यान्वयनसँगै साविकका गाविस, नगरपालिका पुनः संरचना हुँदैछन्। स्थानीय तह पुनः संरचना आयोगले जिल्लालाई विकल्पसहित पुनःसंरचना मापदण्ड दिएको छ।

एनआरएनलाई सेयर बजारमा भित्र्याउने तयारी

नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपाली (एनआरएन) लाई देशको सेयर बजारमाभित्र्याउने तयारी गरेको छ । बोर्डले एनआरएनलाई नेपाली धितोपत्रको दोस्रो बजारमा सिधै लगानी गर्न पाउने गरी कार्यविधि बनाउन समिति गठन गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्