१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

जेडटिई ‘एक्जोन’ सेरिज बजारमा

काठमाडौं– मोबाइल स्मार्टफोन निर्माता कम्पनी जेडटिईले नयाँ स्मार्टफोन जेटिई एक्जोन इलाइट र जेडटिई एक्जोन मिनी प्रिमियम भित्र्याएको छ । जेडटिईको आधिकारिक वितरक इभोलुसन इन्टरप्राइजेज प्रालिले उक्त एक्जोन सेरिजका स्मार्टफोन बजारमा ल्याएको हो । जेडटिई ब्लेड एस ६, ब्लेड एस सेभेनपछि भी सेभेन लाइट स्मार्टफोन पछि नयाँ स्मार्टफोन ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीको जेडटिई एक्जोन इलाइटमा ५.५ इन्चको फुल एचडी डिस्प्ले रहेको छ । ३ जिबीको ¥याम र ३२ जिबीको इन्टरनल स्टोरेज क्षमता रहेको मोबाइलमा १३ मेगापिक्सल तथा २ मेगापिक्सलको अटो फोकस ड्युअल क्यामेरा रहेको छ । मोबाइलको बजार मूल्य ३३ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले जेडटिईले एक्जोन मिनी प्रिमियम एडिसन स्मार्टफोन पनि बजारमा सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा ५.२ इन्चको फुल एचडी सुपर एमओएलइडी थ्रिडी टच डिस्प्ले रहेको छ । ३ जिबी ¥याम र ३२ जिबीको इन्टरनल स्टोरेज रहेको उक्त स्मार्टफोनमा १३ मेगापिक्सलको अटो फोकस क्यामेरा र फ्रन्टमा ८ मेगापिक्सलको सेल्फी क्यामेरा रहेको कम्पनीले जानकारी दिएको छ ।

उक्त मोबाइलको बजार मूल्य २५ हजार ९ सय रुपैयाँ रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १ मंसिर २०७३ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App