ढोरपाटन बाढीपीडितलाई ४० लाख सहयोग
बाढी,पहिरोको आफन्त गुमाएका, घरबारविहीन भएका बागलुङको ढोरपाटनका पीडितलाई नेपाली कांग्रेसले करिब ४० लाख रुपैयाँ बराबरको राहात वितरण गरेको छ।
बाढी,पहिरोको आफन्त गुमाएका, घरबारविहीन भएका बागलुङको ढोरपाटनका पीडितलाई नेपाली कांग्रेसले करिब ४० लाख रुपैयाँ बराबरको राहात वितरण गरेको छ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ढोरपाटनका बाढीपिडितका लागि सहयोग करिब २० लाख आर्थिक सहयोग गरेको छ। नेकपा बागलुका अध्यक्ष इन्द्रलाल सापकोटाले बिहीबार ढोरपाटन–८ र ९ का बाढीपिडितका लागि राहतस्वरुप १९ लाख ५८ हजार ७ सय ५६ रुपैयाँ ढोरपाटन नगरपालिकालाई हस्तान्तरण गरेका हुन्। नेकपा बागलुङले विभिन्न पालिकामा अभियान चलाएर जम्मा गरेको रकम एकमुस्ट ढोरपाटन पालिकालाई हस्तान्तरण गरेको छ।
२०७१ सालको साउनमा आएको बाढीपहिरोले सुर्खेतमा एक सय १५ जनाले ज्यान गुमाएका थिए। एक हजार ४५ घरपरिवार पूर्ण विस्थापित भए। सरकारी तथ्यांकअनुसार ६ वर्षको अवधिमा बाढीपीडितका नाममा करिब २५ करोड बढी खर्च भएको छ।
२०७१ सालको साउनमा आएको बाढीपहिरोले सुर्खेतमा एक सय १५ जनाले ज्यान गुमाए। एक हजार ४५ परिवार पूर्ण विस्थापित भए। सरकारी तथ्याङ्क अनुसार छ वर्षको अवधिमा बाढीपीडितका नाममा करिव २५ करोड बढी खर्च भएको छ। गैरसरकारी संस्था र अन्य दाताहरुको सहयोगको लेखाजोखा छैन्। बाढीपीडितका नाममा राज्यले करोडौं खर्च गरेपनि विस्थापितहरुको दैनिकी झनझन कष्टकर बन्दै गएको छ।
‘रुखको फेदमा स्याउलाको (पात) छानो बनाएका छौं, खानलाई अन्न छैन्,’ बुँदेले टेलिफोनमा नागरिकसँग भने, ‘दुर्गमको ठाउँ भएर होला अहिलेसम्म कोही सहयोगी फेला पारेका छैनौं ।’ पहिरोले घर विहीन भएको एक साता हुँदा पनि नजिकको सरकार स्थानीय तहले अहिलेसम्म राहत उपलब्ध गराएको छैन् ।
पाँच वर्षअघिको बाढीले लेखपराजुलकी कमला सुनारको घर बगायो। त्यसयता उनी रत्नराजमार्ग छेउको हटारुखोलामा बस्छिन्। नजिकैको छिन्चु खोलामा गिट्टी कुटेर चार जनाको परिवार पाल्ने कमला कोरोना भाइरसका कारण भइरहेको लकडाउनको मारमा छिन्।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गामा आश्रय लिइरहेका बाढीपीडितलाई शिविर खाली गराउन निर्देशन दिएको छ।
म्याग्दीको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन्।
२०७१ सालमा सुर्खेतको बराहताल गाउँपालिका, पञ्चपुरी, वीरेन्द्रनगर र भेरीगंगा नगरक्षेत्रमा गएको बाढीपहिरोबाट विस्थापित एक हजार ४५ घरपरिवार अहिले पनि त्रिपालमुनि बस्न बाध्य छन्।
स्थानीय तहका प्रमुख र वडाध्यक्षहरुबीच आआफ्ना मान्छेलाई बढीपीडितको सूचीमा राख्ने होडबाजीका कारण क्षतिकमो विस्तृत सर्भे विवरण आउन ढिलाइ भएको जानकारहरु बताउँछन्।
‘बाढीले सताएपछि हामी जंगलमा आएर बस्यौं तर अहिले बाहिरबाट धेरै मान्छे आएर बस्न थालेका छन्,’ सिद्धेश्वर सामुदायिक वन समूहको जंगलमा बसेका जालुराम थारूले भने, ‘गैरपीडितका कारण हामी वास्तविक पीडितलाई अप्ठ्यारो हुने भयो।’
असार अन्तिम साता आएको बाढीबाट पीडितहरु पर्याप्त राहत पाउन नसक्दा थप पीडित बनिरहेका छन्। डुबानले घर भत्केकाहरु पालमा बस्न बाध्य छन्। साउन ३ गते विपद् व्यवस्थापन जिल्ला समितिको बैठकले बाढीले पुगेको क्षतिको विस्तृत तथ्यांक संकलन गर्न ३२ वटा टोली गठन गरेको थियो। समितिले तथ्यांक संकलन कार्य दुईतीन दिनभित्रै सम्पन्न गरेर राहत वितरण प्रक्रिया अगापड बढाइने भनेको थियो।
२०७१ साउन २८ र २९ गतेको बाढी पहिरोबाट विस्थापित भएर विभिन्न अस्थायी शिविरमा बस्दै आएका पीडितका लागि हालसम्म १५ करोड ७४ लाख १५ हजार खर्च भए पनि उनीहरुको अवस्था फेरिएको छैन।
दुई साताअघिको अविरल वर्षाका कारण जिल्लाको दक्षिण पश्चिम क्षेत्रका बाढी एवं डुबानपीडितले अझै राहत पाउन सकेका छैनन्।
दुई साताअघि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिण पश्चिम क्षेत्रका बाढीपीडितले अझै राहत पाउन सकेका छैनन्। स्थानीय तहका प्रमुख एवं वडाध्यक्ष तथा स्थानीय राजनैतिक नेतृत्वको खिचातानीका कारण सयौं पीडितसम्म अझै पनि सामान्य राहत समेत पुग्न नसकेको हो।