२३ आश्विन २०८१ बुधबार
image/svg+xml

मदन भण्डारी गोल्डकप माघ १२ देखि, विजेतालाई १६ लाख

मदन भण्डारी स्मृति इटहरी गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता यही माघ १२ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिताको विजेतालाई १६ लाख र उपविजेतालाई आठ लाख रुपैयाँ पुरस्कार राशि राखेर माघ १२ गतेदेखि सुरु हुने प्रतियोगिता १९ गतेसम्म चल्नेछ।

जेड र वेदाङ अन्तिम १६ मा

जेड आलेमगर र वेदाङ गौतम १६औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत यु–१२ ब्वाइज सिंगल्समा सोमबार प्रि– क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

ऋतिकको स्मृतिमा अक्षयकोष

ब्लड क्यान्सरका कारण निधन भएका १४ वर्षे बालक ऋतिक घिमिरेको स्मृतिमा उनको परिवारले अक्षयकोष स्थापना गरेको छ। इलाम नगरपालिका–४, बरबोटेका बालक ऋतिकको गत भदौ ७ मा उपचारक्रममा निधन भएको थियो।

मनमोहन स्मृति कप : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

विभागीय टोली त्रिभुवन आर्मी सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आर्मीले उपाधिका लागि शनिबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ।

मनमोहन स्मृति क्रिकेट : पुलिसको फाइनल सुरक्षित

प्रदेश नं. ७ लाई हराउँदै नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ।

फराकिलो जितका साथ आर्मी फाइनलमा

झापा–११ लाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब वीरगन्जमा जारी दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

प्रदेश नं. ७ सेमिफाइनल प्रवेश

प्रदेश नं. ७ सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। लिगचरणका खेल सकिएसँगै प्रदेश नं. ७ सेमिफाइनलमा प्रवेश गरेको हो। समूहचरणअन्तर्गत बुधबारको अन्तिम खेलमा पराजित भए पनि रनरेटका आधारमा नतिजा आफ्नो पक्षमा पार्दै प्रदेश नं. ७ सेमिफाइनल पुग्ने चौथो टोली बनेको हो।

मनमोहन स्मृति कप : प्रदेश नं. ७ विजयी

प्रदेश नं. ७ सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। मंगलबार भएको समूह ‘सी’ अन्र्तगतको दोस्रो खेलमा प्रदेश नं. ७ विजयी भएको हो । इनरुवा खेल मैदानमा भएको खेलमा प्रदेश नं. ७ ले प्रदेश नं. ५ लाई १ सय १८ रनले पराजित गरेको हो ।

मनमोहन स्मृति कप क्रिकेट : प्रदेश–४ विजयी

ओभरको अन्तिम बलमा प्रदेश–४ का मेखबहादुर सेनले निर्णायक रन बटुल्दै सुनसरी इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा टिमलाई विजयी बनाएका छन्।

प्रदेश १ माथि एपीएफको फराकिलो जित, कुमालले लिए ७ विकेट

एपीएफले सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। शुक्रबार भएको समूह ‘डी’ अन्तर्गत लिग चरणको पहिलो खेलमा एपीएफले ९२ रनले प्रदेश नं. १ लाई हराउँदै विजयी भएको हो।

१२ पास नगर्नेलाई सेवासुविधा रोक्का

रोल्पाको सुनिल स्मृति गाउँपालिकाले महत्वाकांक्षी योजना ल्याएको छ। आफ्नो क्षेत्रको शैक्षिक स्तर सुधारका लागि भन्दै उक्त गाउँपालिकाले १२ कक्षा उत्तीर्ण नगर्ने विद्यार्थीलाई आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाबाट वञ्चित गर्ने निर्णय गरेको हो।

त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश

त्रिभुवन आर्मी क्लब सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामाको सेमिफाइनलमा प्रवेश गरेको छ। समुह ‘बी’ अन्तर्गत बुधबार भएको खेलमा आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।

जगदिशको सम्झना

साहित्यकार एवं समाजसेवी जगदिश घिमिरेको पाँचौ स्मृतिमा शनिबार सदरमुकाम मन्थलीमा साहित्यिक सभा र जगदिश घिमिरे साहित्यिक पुरस्कार वितरण कार्यक्रम गरिएको छ।

विभागीय टिम नेपाल आर्मीको जित

मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी विजयी भएको छ। मंगलबार भएको प्रतियोगिताअन्तर्गत ग्रुप ‘बी’ को पहिलो खेलमा आर्मीले प्रदेश–३ लाई १ सय १८ रनले पराजित गरेको हो।

प्रदेश २ लाई सफलता

सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा प्रदेश २ विजयी भएको छ। ग्रुप ‘ए’ अन्तर्गतको अन्तिम खेलमा प्रदेश २ विजयी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्