२३ आश्विन २०८१ बुधबार
image/svg+xml

आयोजक मकवानपुरलाई उपाधि

हेटौंडामा जारी भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक मकवानपुर ११ ले हात पारेको छ। हेटौंडा १० स्थित वन विज्ञान संस्थानको चौरमा भएको फाइनल खेलमा शनिबार क्यामरुनी ‘दाउफिन्स फुटबल क्लब’ लाई २–१ गोलले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो।

दीपेश र रसिला च्याम्पियन

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी र त्रिभुवन आर्मीकी रसिला महर्जन शुक्रबार सम्पन्न १५औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन्।

अलिमियालाई १ लाख राशीको हेमराज पहारी पुरस्कार

हेमराज स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार लोककवि अली मियाँलाई प्रदान गरिएको छ। पहारीको नवौं स्मृति दिवसको अवसरमा एक लाख राशीको सो पुरस्कार मियाँलाई मरणोपरान्त प्रदान गरिएको हो।

बालकृष्ण गुरूका आँखामा आँसु

संसारमा आउनेले एक दिन श्रद्धाञ्जली पाउँछन्। भलै दुनियाँ छोडी जानेले त्यो सुन्न, पढ्न पाउँछन् कि पाउँदैनन्। आजसम्म कसैले आएर बताएका छैनन्। भाषाशास्त्री साहित्यकार बालकृष्ण गुरुलाई श्रद्धाञ्जली चढाउनु मेरो औपचारिकता मात्र हो।

फुङलिङमा रवीन्द्रको सम्मानमा स्मृति पार्क बनाउनुपर्छ : याेगेश भट्टराई

प्रतिनिधिसभा सांसद तथा नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले दिवंगत पर्यटनमन्त्री तथा सहकर्मी नेता रवीन्द्र अधिकारीको सम्झनामा फुङलिङमा स्मृति पार्क बनाउन आफ्नो गृहजिल्लाबाट आह्वान आग्रह गरेका छन्।

युद्धप्रसाद पुरस्कार शर्मालाई

युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले दाङका प्रगतिवादी कवि नारायण शर्मा अधिकारीलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार प्रदान गरेको छ। सोमबार राजधानीमा प्रतिष्ठानद्धारा आयोजित  कार्यक्रमा सो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ। कार्यक्रम प्रगतिवादी कवि वासुदेव अधिकारी  सो पुस्कार अधिकारीलाई हस्तान्तरण गरेका थिए।

गुरुङ र छन्त्याल पुरस्कृत

नवौं बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शनिबार एक कार्यक्रमबीच पुरस्कृत गरेका छन्।

अलिमियाँलाई ‘हेमराज पुरस्कार’

हेमराज पहारी स्मृति प्रतिष्ठानले लोककवि अलिमियाँलाई मरणोपरान्त ‘हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान गर्ने भएको छ।  साहित्यकार, समाजसेवी हेमराज पहारीको योगदान र कृतिहरूको संरक्षण र प्रवद्र्धन गर्दै आएको प्रतिष्ठानले हरेक २ वर्षमा प्रदान गर्ने ‘हेमराज पहारी स्मृति पुरस्कार’ यसपटक नेपाली लोक वाङ्मयका धरोहर लोककवि अलिमियाँलाई एक लाख रुपैंयाँ र ताम्रपत्रसहित प्रदान गर्ने निर्णय गरेको हो।

वर्तमान मन्त्रिमण्डल भ्रष्टहरुको क्लबजस्तै भयो : गगन थापा

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले वर्तमान मन्त्रिमण्डल भष्ट्रहरुको क्लब जस्तो भएको टिप्पणी गरेका छन्। कांग्रेस गोरखाले शनिबार गोरखा सदरमुकाममा गरेको सुशील कोइरालाको चौथो स्मृतिसभा एव वर्तमान राजनीतिक अवस्थाबारे विचार गोष्ठीमा उनले अहिलेको दुई तिहाईको कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका हुन्।

पिठो मीठो पानीघट्टैकाे

कुनै बेला खुब चर्चित गीत हो, ‘सररर पानीघट्टमा, म त प्यारी फर्कन्छु, फर्कन्न नाम सारे है पेन्सनपट्टामा।’ सशस्त्र द्वन्द्वको दलदलमा देश जकडिँदाका व्यथाका बिम्ब असरल्ल छन् गीतमा। युद्धकालीन त्यो प्रतिकूलता अनि रातदिन नभनी सुरक्षाकर्ममा खटिने देशसेवकहरू। खासमा उनीहरूकै उच्च जोखिमयुक्त जीवन ध्वनित हुन्छ गीत सुन्दा। दुर्गम भेगका बासिन्दाको जीवनसँग अभेद्य सम्बन्ध जोडिएको पानीघट्टलाई नै किन प्रतीक बनाइयो होला यो गीतमा ? मलाई लाग्छ, अन्य प्रतीक प्रयोग गरिएको भए यति गहिरो विरही मनोदशाको चित्रण पक्कै हुने थिएन।

दोस्रो मदन भण्डारी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

मेची नेत्रालय काँकडभिट्टालाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै बुधबार त्रिभुवन आर्मी क्लब इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

मदन भण्डारी गोल्डकप : थ्री स्टारलाई रोक्दै आर्मी सेमिफाइनलमा

थ्री स्टारलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन थ्री स्टार भने पहिलो खेलबाटै बाहिरिएको छ।

मदन भण्डारी स्मृति गोल्डकप : मेची नेत्रालयलाई सफलता

दाफिन फेमेली फुटबल क्लब क्यामरूनलार्इ टाइबेकरमा ४-३ मेची नेत्रालय काकडभिट्टा झापा इटहरीमा सुरु भएको दोस्रो मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ। इटहरी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा दाफिन फेमेली फुटबल क्लब क्यामरुनलाई टाइब्रेकरका आधारमा ४–३ गोल अन्तरले पराजित गदै काकडभिट्टा सेमिफाइनलमा प्रवेश गरेको हो।

स्पर्श र अद्रित फाइनलमा

स्पर्श तिमिल्सिना र अद्रित नेपाल १६औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्