१० मंसिर २०८१ सोमबार
image/svg+xml

मेरो भ्रमणः मनको आनन्द

साँच्चिकै बुलबुले तालमा प्रवेश गर्नेबित्तिकै सुन्दरताले मन तान्यो। जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको रहेछ। काँक्रे विहार जतिकै त्यहाँ पनि पर्यटकहरूको घुइँचो थियो।

सोखले कहाँ गर्‍या हो र सन्ध्यामा प्यूने बानी

चुट्नसम्म चुटेको छ, झरीले नांगो आङमा, निमोनिया भा’छ ज्यानमा, खोकेको छु के गरौँ? धित मारी सास फेरौँ, सकिन्छ कि डर लाग्छ,कति फेर्ने इन्द्रियलाई, तोकेको छु के गरौँ?

वास्तविकता

उसले बडो भावुक मुद्रामा जवाफ दियो, ‘सबैको भाग्यमा आमासँग बस्न कहाँ लेखेको हुन्छ र? समय दिन नसकेर मैले आमालाई वृद्धा आश्रममा लगेर छोडिदिएको छु।’

हाम्रो पनौती, हाम्रो सूर्य

पनौती स्वंय एउटा प्राचीन वस्ती हो। केही वर्षअघि पनौतीको लायकु क्षेत्रमा पुरातत्व विभागले उत्खनन गर्दा प्राचीन दरबारका जगहरू, चोकहरू, केही भाँडाकुडाहरू र केही पुराना सिक्का भेटिएका थिए।

बा र बाटेगराको बडहर

अहिले पनि कहिलेकाहीं गाउँ जाँदा घरमुनि बाटेगराको त्यो बडहरलाई हेरिरहन मन लाग्छ। बडहरको फेदमा बसेर बालाई सम्झिन मन लाग्छ। बालाई सम्झेर टोल्हाएका बेला पुरानो भोटो, दौरा र लगौंटी लाएका अग्ला बा कम्मरमाथि बानेको पटुकामा लामो खुकुरी भिरेर टुप्लुक्क आएजस्तो लाग्छ।

खन्चुवा

जतिसुकै खन्चुवा भने पनि म खान छोड्दिनँ। पौराणिक कालको खन्चुवा ऋषि अगस्तिसँग मेरो आहारको तुलना गरेर मलाई खन्चुवा भन कि वर्षको एकपटक टुँडिखेलमा मध्यरातमा राखिदिएको भातको डंगुर खान आउने गुरुमापा राक्षस जस्तो भन। त्यो मलाई वास्ता छैन। म खान छोड्दिनँ।’

गुजुल्टो

लगानी डुब्ने भएपछि आसामीलाई समाएर ल्यायो। पैसा नतिरून्जेल बेगारी गर्नुपर्ने, कतै जान नपाउने भनी उर्दी जारी गर्‍यो। उजुरी परेपछि प्रहरी आए। उसलाई समाए। अरूलाई बन्धक राख्नाको कारण सोधे।

डोको प्रेमी बा

बालाई असाध्य डोको मनपर्छ दिनको शुरूवात नै डोकोको सुम्सुम्याइबाट शुरू हुन्छ उस्तै हो डोकोको र हाम्रो जीवन भन्नुहुन्थ्यो डोकोमा अन्नहरू अधिदैन स्याउला, पतकर र घाँस मात्र राख्न सकिन्छ।

काजीको घोडा

बतासै चल्यो पसीना सुक्यो जाऊँ भयो अबेला,काजीको घोडा दौडेर गयो रित्तो छ तबेला।काखमा राखी बजाउला मादल तिमी गीत सुनाउनु,आजको साँझ नाच्दै र गाउँदै एकैसाथ रमाउला।

जिम्मेवारी बोध

यो जीवन मोतीको मालाजस्तै रहेछ। मिलाएर लाउँदा झलझल परेको राम्रो तर माला चुँडियो भने सबै टुक्राटुक्रा। दाजुको परिवार पनि सम्हाल्न नजान्दा केही समय अघिसम्म छरिएको मोतीजस्तै थियो, अहिले यो परिवार गाँसिएको मालाजस्तो भएको छ।

भेट पनि कति मीठो लाग्छ आजभोलि

भेट पनि कति मीठो लाग्छ आजभोलि, भेट्न आउँदा समाजदेखि लुक्न थालिसके। एक्लै हिँड्दा साथीहरूले जिस्काउँछन् अचेल,किन–किन दुनियाँमा चुक्न थालिसके।

धन्धुकारि

‘नाम धन्धुकारि भए पनि मान्छे साह्रै जाति थियो।’ कसैले भनेको सुन्नासाथ युवराज पुनः पोखरीमा पसेर खोजतलास जारी राखे। कसै गरे पनि धन्धुकारिको अवशेष फेला परेन।

मात्सर्य भर्सेज आशा

मात्सर्यले ठूल्ठूला आँखा पारेर तर्साउन खोजेको देखेर आशाले भनेकी थिई, ‘फिरन्ते मात्सर्य, तैँले हाम्रो देशमा पसेर सबैलाई पलायन गरिस्। तँ अधर्मीसँग म अन्तिम श्वाससम्म लडेर हराई छाड्छु र मेरा साथीहरूलाई फर्काई छाड्छु।

प्रश्न

टुकटुकु हिंड्ने भो, बुबाको दरो समाइ, निर्णयात्मक कराइ र मायालु हेराइ नै उसलाई संसार लाग्न थाल्यो।

लक्ष्मी श्रेष्ठको ‘न्युयोर्क कोरोना डायरी’का अन्तर्यहरू

पुस्तकभित्र आतेस, पीडा, कहर, दुर्भाग्यको बयान मात्र छैन। बरु कोरोनाले उब्जाएका पीडाहरूबाट मुक्ति पाउन गर्नुपर्ने साहसिला कामहरू, सतर्कताका कामहरू तथा आँटिला काम कसरी गर्नुपर्छ भन्ने सन्देश पनि छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्