कपिलवस्तुमा निषेधाज्ञा हट्यो
कपिलवस्तुको कृष्णनगरमा बिहीबार बिहान ११ बजेदेखि लगाइएको निषेधाज्ञा शनिबार बिहान ६ बजेदेखि हटेको छ। जिल्ला प्रशासनले आज (शनिबार) बिहानै निषेधाज्ञा हटेको जानकारी दिएको हो। लक्ष्मी पूजाको मूर्ति विर्सजनलाई लिएर उत्पन्न विवाद रोक्न कृष्णनगरमा प्रशासनले निषेधाज्ञा लगाएको थियो।