७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कृष्णनगरमा निषेधाज्ञा साँझ ५ बजेसम्मका लागि फुकुवा

कपिलवस्तु- जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा साेमवार साँझ ५ बजेसम्म निषेधाज्ञा हटाएको छ। दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले निषेधाज्ञा लगाएको थियो। 

निषेधाज्ञा हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ। शनिबारदेखि बढेको विवाद आजदेखि सामान्य बनेको हो। गए राति कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो। विजयादशमीको भोलिपल्ट एकादशीमा दुर्गा पूजाको मूर्ति विसर्जन गरिँदै आए पनि यस वर्ष विवाद भएपछि द्वादशीमा मूर्ति विसर्जन गरियो। मूर्ति विसर्जन गर्न जाने बाटाको विषयमा विवाद भएको थियो।

कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म निषेधाज्ञा लगाइएको छ। 

प्रकाशित: ५ कार्तिक २०७५ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App