४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

महराको पक्षमा ३२ जना कानुन व्यवसायीले बहस गर्दै

महिलामाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएका पूर्व सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आइतबार नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। महराको पक्षमा ३२ जना कानुन व्यवसायीले वकालतनामा दिएका कारण बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको हो।

जबरजस्ती करणी गर्नेविरुद्ध मुद्दा दायर

चारकासे जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा इटहरीका एक युवालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। भोजपुरका युवासँग विवाहबन्धनमा बाँधिएकी २० वर्षीय युवतीलाई इटहरीस्थित तरहरा क्षेत्रको चारकोसे जंगलमा लगेर जबरजस्ती करणी गर्ने इटहरीकै २१ वर्षीय विजय राईलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो।

महराविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता, ५ वर्ष कैद सजाय माग

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।

जबर्जस्ती करणी गर्ने अभियुक्त जेल चलान

२८ वर्षीय युवतीलाई जबर्जस्ती करणी गरी फरार रहेका दुई व्यक्तिलाई जेल चलान गरिएको छ। २०७६ असोज ३ गते राति साढे ८ बजेतिर भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित जंगलमा ती युवतीलाई जबर्जस्ती गर्ने उनीहरूलाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बालिका करणी आरोपमा पक्राउ

रुकुमपश्चिममा बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन्। स्थानीय एक १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको सानीभेरी गाउँपालिका–१ का ४५ वर्षीय गङ्गे पुन पक्राउ परेका हुन्।

दुई बालिकामाथि करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ

रसुवामा दुई बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

फेसबुकमार्फत चिनजान गरेर बलात्कार, अभियोगमा एक जना पक्राउ

किशोरीलाई विवाह गर्छुभनेर प्रलोभन देखाइ खलंगामा रहेको आफ्नो कोठामा बोलाएर जबरजस्ती करणी गरेको भन्दै उजुरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए।

बलात्कारका घटना ६३ प्रतिशतले वृद्धि

प्रदेश ३ मा तीन वर्षको अवधिमा जबरजस्ती करणी (बलात्कार) ६३ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७३/०७४ मा बलात्कारका एक सय ४३ उजुरी दर्ता भएकोमा २०७४/०७५ मा वृद्धि भई एक सय ९२ र २०७५/०७६ मा दुई सय २८ उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालय, हेटौंडा प्रमुख एवं प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले बताए।

फरार अभियुक्त डेढ महिनापछि पक्राउ

एक बालिकालाई जवरजस्ती करणी गरेर फरार रहेका उदयपुरका पुरुष डेढ महिनापछि पक्राउ परेका छन्। त्रियुगा नगरपालिका–१५ खाँबुकी १२ वर्षीया बालिकामाथि जवरजस्ती गरी फरार रहेका सोही ठाउँका कृष्णबहादुर मगरलाई प्रहरीले शुक्रबार पक्राउ परेको हो।

बढ्यो जबरजस्तीकरणी

मुलुकभर जबर्जस्तीकरणीका घटना बढेका छन्। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो।

बलात्कार आरोपमा प्रहरी पक्राउ

रौतहटको चन्द्रनिगाहपुरस्थित एक होटेलमा युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एकजना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्।

दोब्बरले बढ्यो जबर्जस्ती करणी

सोलुखुम्बुमा जबरजस्ती करणीको घटना दोब्बरले वृद्धि भएको तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७५/७६ मा १६ वटा घटना जबर्जस्ती करणीको भएका छन्।

जबरजस्ती करणी आरोपमा फरार पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दोषी सावित भई झण्डै ३ वर्ष कैद सजाय सुनाइए पनि फरार रहेका उदयपुरका एक अभियुक्त पक्राउ परेका छन्।

मुख थुनेर बालिका करणी गर्ने पक्राउ

सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। बालिका जबर्जस्ती करणी गरेको आरोपमा साँफेबगर नगरपालिका–४ का मदन बादीलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्