एमाले स्थायी कमिटी बैठक बस्दै
नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक बिहान ८ बजे बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक बिहान ८ बजे बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमालेका ८ लाख पुराना सदस्य छन्। थपिएका करिब ३ लाखको अद्यावधिक हुन बाँकी रहेको उनले बताए। ११ लाख पार्टी सदस्यले दुई जना मतदाता थप्दा एमालेको पक्षमा २२ लाख मत थपिने पार्टीको आंकलन छ।
उक्त बैठकमा महासचिव शंकर पोखरेलले विभागका काम, अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखेका छन्।
नेकपा एमालेका नेता विष्णु रिजालले पार्टीका नेताहरूलाई स्पष्टीकरणमाफर्त कारबाही प्रक्रिया अघि बढाएर एमालेलाई विभाजन गर्न खोजिएको बताएको छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत माधव नेपाल पक्षका नेता रिजालले प्रतिनिधिसभा विघटनपछि भएको सडक आन्दोलनका घटनाक्रमहरूलाई लिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरूलाई स्पष्टिकरणमाफर्त कारबाही सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा भएको बताएका हुन्।
नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जनता र मित्रका सुझावअनुसार अझै पार्टी एकताका लागि प्रयास गर्नुपर्ने बताएका छन्।
संसद् भंग गराएर चुनाव घोषणा गराएका प्रधानमन्त्री ओलीले आज पार्टीको छुट्टै केन्द्रीय समिति बैठक गरिरहेका बेला नेता रिजालले उनको आलोचना गरेका हुन्।
एमाले खेमाकै नेता रिजालले माओवादीसँग एकताकै कारण लाभ लिएका तत्कालीन एमालेका नेताहरू नै तत्कालीन माओवादीको विरोधमा उत्रिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पदलोलुप भन्न नमिल्ने बताएका छन्।
कर्णाली प्रदेशसभामा देखिएको विवादमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले छुट्टाछुट्टै वक्तव्य र निर्देशन दिएकोप्रति संकेत गर्दै नेकपाको विदेश विभाग उपप्रमुख रिजालले शनिबार सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।
नेता रिजालले आइतबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमितले उपचार नपाइरहेको तथा देशको अर्थतन्त्र ओरालो लागिरहेका बेला दसैं खर्च दिनु तथा लिनु अस्वाभाविक भएको टिप्पणी गरेका हुन्।
नेकपा विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले सोमबार ट्विटरमार्फत नेल्सन मण्डेलाको उदाहरण दिँदै आफ्ना पार्टीका नेतालाई बदनाम व्यक्तिसँगको सम्बन्ध परित्याग गर्न सुझाव दिएका हुन् ।
नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले नेताहरूलाई जग हँसाउने काम बन्द गरेर सहमति गर्न सुझाव दिएका छन् ।