२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

मनले एमाले नभएकालाई ७ गतेको बैठकमा बोलाएका छौं : भानुभक्त ढकाल

नेकपा एमालेका नेता भानुभक्त ढकालले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको मनमा एमाले नभएको आरोप लगाएका छन्। शनिबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री समेत रहेको नेता ढकालले नेपाल पक्षका नेताहरुको एमालेबाट च्यूत भइसकेको जिकिर गरे।

पिसिआर नेगेटिभ पर्यटकलाई निर्वाध आउन दिने तयारी

पिसिआर नेगेटिभवालाई निर्वाध आउन दिनेसँगै अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखित रूपमै आग्रह गरेको र संस्थाद्वारा प्रस्तुत मुख्य विषयमा छिट्टै मन्त्रिपरिषद्बाट सम्बोधन हुने उनले बताए।

विमानस्थलको जग्गामा यतीको आँखा

सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा होटल खोल्न भाडामा दिने तयारी गरिएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको गुरुयोजना बनाएर उक्त जग्गा होटल बनाउन यती समूहलाई दिने तयारी गरेको हो। पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार यतीलाई जग्गा दिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको छ। विगतमा यतीलाई जग्गा भाडामा दिने प्रयास पटकपटक असफल भएकोमा अहिले पर्यटनमन्त्रीमा भानुभक्त ढकाल आएपछि फेरि प्रयास सुरु भएको हो।

स्वास्थ्यमन्त्री ढकालद्वारा कोरोना अस्पतालका निर्देशकसँग छलफल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन्।

स्वास्थ्यमन्त्री बोलाउँदै लेखा समिति

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाउने तयारी गरेको छ। कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि ओम्नी समूहसँग स्वास्थ्य उपकरण खरिद सम्झौता प्रकरणमा संलग्नता रहेको भन्दै समितिको असोज ८ गते बस्ने बैठकमा स्वास्थ्यमन्त्री ढकाललाई बोलाउने तयारी गरिएको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए।

स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैन : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता तथा सुविधाका विषयमा आएका गुनासो सम्बोधन गरिने जनाउँदै रोकथाममा काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगरिने बताएका छन् ।

बिएन्डसीलाई सम्बन्धन दिन बिपीलाई विश्वविद्यालय बनाइने

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपकुलपति ज्ञानेन्द्र गिरीलगायतले काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा शुक्रबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४४औं सिनेट राखेर बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रतिष्ठानलाई विश्वविद्यालयमा परिणत गर्ने निर्णय गराएका छन्।

कोरोना नियन्त्रणमा सरकारका काम नदेख्नेलाई मोतिविन्दु : स्वाथ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको टिप्पणी गरेका छन् । सोमबार वीर अस्पतालको एक सय ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम विदेशीहरुले देखेको तर नेपालीहरूले नदेख्नुमा नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने बताए ।

नमूना स्वास्थ्य मन्त्रालय बनाउँछुः मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नमूना मन्त्रालय बनाएर मात्र हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सो क्रममा उनले मन्त्रालयको पुर्नरसंरचना गरेर नमूना बनाउने अठोट गरे।

पिसिआर परीक्षणको दायरा व्यापक बनाऊ : कांग्रेस

नेपाली कांग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पिसिआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्