७ वैशाख २०८१ शुक्रबार
राजनीति

मनले एमाले नभएकालाई ७ गतेको बैठकमा बोलाएका छौं : भानुभक्त ढकाल

फाइल तस्बिर।

नेकपा एमालेका नेता भानुभक्त ढकालले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको मनमा एमाले नभएको आरोप लगाएका छन्। शनिबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री समेत रहेको नेता ढकालले नेपाल पक्षका नेताहरुको एमालेबाट च्यूत भइसकेको जिकिर गरे।

उनले शुक्रबारको केन्द्रीय बैठकमा नबोलाइएका नेताहरुलाई आगामी चैत ७ गते बोलाइएको समेत जनाए। ‘मनले एमाले नभएका, एमाले च्यूत भइसकेका तर अदालतको फैसलाले एमाले साइनबोर्डभित्र परेका सबैलाई हामीले ७ गतेको बैठकमा बोलाएका छौं। हिजोपनि आउनेलाई किन आइस् भनिएको थिए,’ उनले भने, ‘दुई तीन वर्ष प्रचण्डजीको संगतले गर्दा हिजो साथीहरु अलिअलि अल्मलिनुभयो। ७ गतेका लागि बोलाइएको बैठकमा भने उहाँहरु आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ।’

प्रचण्डको निर्देशनमा नेपाल पक्ष एमालेमा आएको उनको आरोप छ। पेरिसडाँडामा बसेको अन्तिम संयुक्त बैठकमा नेपाल पक्षले ‘छोड्न मन त थिएन, तीन महिनाभित्र ठीक पारेर आउछौं’ भनेर प्रतिवद्धता जाहेर गरेर आएको र त्यस विषयमा आफूहरु जानकार रहेको उनको दाबी छ।

प्रकाशित: २९ फाल्गुन २०७७ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App