१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

'संघीयता बलियो बनाउन सके मात्रै सार्वजनिक प्रशासन बलियो बन्छ'

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले संघीयतामा सार्वजनिक प्रशासन बलियो बनाउन स्थानीय तहलाई बलियो बनाउनु पर्ने बताएका छन्।

कास्कीका पाँचवटै पालिका जित्नुसः सचिव अर्याल

नेकपा एमालेकी सचिव पद्मा अर्यालले कास्कीका पाँचवटै पालिका जित्नेगरी चुनावको तयारी गर्न निर्देशन दिएकी छन्।

प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानमाथि 'भद्दा मजाक' गर्नुभो: भट्टराई

नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले औपचारिक विदेश भ्रमणका बेला कुनै एक पार्टीको कार्यालयमा गएर प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय स्वाभिमानमाथि ‘भद्दा मजाक’ गरेको बताएका छन्।

राष्ट्रिय सुरक्षा नीति सम्बन्धि एकीकृत कार्ययोजना कार्यान्वयनमा लैजादैछौं: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीति सम्बन्धि एकीकृत कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिएका छन्। बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा उहाँले उक्त जानकारी दिएका हुन्।

रणनीति बनाउँदै एमाले

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने विषयमा छलफल भएको छ। ‘केन्द्रीय सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी अजेन्डा बन्न सक्छ। अब पार्टीको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचन तथा केन्द्रीय कमिटीको बैठकसम्बन्धी विषयमा छलफल भएको थियो।

युक्रेनका युद्ध प्रभावितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन्।

आगामी निर्वाचनमा एमालेले जित्न जरुरी छ: गोकर्ण विष्ट

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताएका छन्।

पेशावर मस्जिदमा भएको ‘भयानक हमलाको’ संयुक्त राष्ट्र प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको पेशावर शहरमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको आत्मघाती विस्फोटको निन्दा गरेका छन्।

एमसीसी व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो: महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन्।

एमालेले एमसीसीबारे आफ्नो धारणा सदनभित्रै राख्छः योगेश भट्टराई

नेकपा (एमाले)का सचिव तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले एमसीसीबारे एमालेले औपचारिक धारणा संसद्भित्र राख्ने बताएका छन्।

गठबन्धनले एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनाएः ज्ञवाली

प्रदीप ज्ञवालीले सत्ता गठबन्धनले नेपाल र अमेरिकाबीचको एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनाएको भन्दै देशले यसको गम्भीर मूल्य चुकाउनु पर्ने बताएका छन्।

सरकार परिवर्तनको पक्षमा एमाले छैन: महासचिव पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन्।

युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यतालाई संयुक्त राष्ट्रको बडापत्रसँग असङ्गत: संयुक्त राष्ट्रसंघ

डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले टिप्पणी गरेका छन्।

मधेस प्रदेशसभाको बैठक आज बस्दैः सङ्कल्प प्रस्तावमाथि छलफल हुने

गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्