२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रिय सुरक्षा नीति सम्बन्धि एकीकृत कार्ययोजना कार्यान्वयनमा लैजादैछौं: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीति सम्बन्धि एकीकृत कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिएका छन्। बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा उहाँले उक्त जानकारी दिएका हुन्।

प्रधानमन्त्री देउवाले सरकारले राष्ट्रिय सुरक्षा नीति र यस क्षेत्रको प्रभावकारिका लागि एकीकृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय तथा निकायहरुमा कार्यान्वयनका लागि पठाएको जानकारी दिए। उनले भने, ‘राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले आफ्नो जिममेवारी अत्यन्त निष्ठा र नियन्त्रणका साथ सम्पादन गरेको पाउँदा म प्रसन्न भएको छु।' ।҆  

संविधानले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा, प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन तथा नियन्त्रण गर्नका लागि नेपाल सरकारलाई सिफारिस गर्ने दायित्व राष्ट्रिय सुरक्षा परिषद्लाई दिइएको छ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षालाई सर्वपक्षीय महत्व दिँदै यस क्षेत्रको सुदृढिकरणका लागि राष्ट्रिय सुरक्षा नीति, प्रतिरक्षा नीति लगायतका नीति तथा कार्यहरुको कार्ययोजनाको अन्तिम कार्यान्वयनमा ल्याएको बताएका छन्।

कार्ययोजनामा उल्लेखित क्रियाकलापहरुलाई निर्दिष्ट समयभित्रै कार्यान्वयनमा उतारी राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई थप सुदृढ र सफल बनाउँदै जान आवश्यक छ, उनले भने।  

प्रधानमन्त्री देउवाले एकीकृत कार्ययोजनाको प्रगति अनुगमन गर्ने जिम्मेवारीसमेत राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई प्रदान गरिएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गरी राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा यस सचिवालयले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरेको बताए।

प्रकाशित: २ चैत्र २०७८ ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App