१० मंसिर २०८१ सोमबार
image/svg+xml

क्यानद्वारा नेपालमा सञ्चालित सबै एटिआर जहाजको प्राविधिक परीक्षण

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ।

प्राधिकरणलाई बुझाइयो फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर७२–५००जहाजको फ्लाईट डाटा रेकर्डर (एफडीआर) र पाइलटले आपसी संवाद गरेको ककपिट भ्वाइस रेकर्डर (सीभीआर) फेला परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई बुझाइएको छ।

विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो

पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ।

चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने

आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ।

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए।

यति एयर दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि

पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोंचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु पुष्टि भएको छ।

विमान दुर्घटनाको छानबिन गर्न नागेन्द्र घिमिरेको संयोजकमा समिति गठन

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न नागेन्द्र घिमिरेकाे संयोजकमा समिति गठन भएकाे छ।

यति एयरलाइन्स दुर्घटना: ५३ जना नेपाली,५ भारतीयसहित १५ विदेशी यात्रु सवार

पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा १५ विदेशीसहित ५३ जना नेपाली यात्रु रहेको खुलेको छ। ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए।

‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए।

यति एयरलाइन्स दुर्घटनाबारे जानकारी लिन त्रिभुवन विमानस्थल पुगे प्रधानमन्त्री र गृहमन्त्री

पोखरामा भएको यति एयरलाइन्सको एटिआर–७२ जहाज दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने त्रिभुवन विमानस्थल पुगेका छन्।

दुर्घटनाग्रस्त जहाजका यात्रुको उद्धार हुँदै (तस्बिरहरु) (अपडेट)

काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।

यति एयरलाइन्स विमान दुर्घटना: ८ जनाको शव निकालियो

आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको उक्त विमान पुरानो विमानस्थल नजिकै दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

६८ यात्रु बोकेको यती एयरलाइन्सको एटिआर–७२ जहाज पोखरामा दुर्घटना

काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै दुर्घटनामा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्