१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निगमले कोषलाई ३३ करोड तिर्‍यो

नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई ३३ करोड रूपैयाँ बढी ऋण दायित्वको किस्ता तिरेको छ।

निगमले शुक्रबार कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋणको किस्ता वापतको ३३ करोड ९ लाख ५५ हजार २ सय ८१ रूपैयाँ भुक्तानी गरेको छ।

कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रकम भुक्तानी गरिएको प्रवक्ता अर्चना खड्काले बताइन्। विविध कारणले सञ्चयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी नभइरहेकोमा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि गत असारमा १ अर्ब ३५ करोड रूपैयाँ र कात्तिकमा ७३ करोड ९ लाख ५५ हजार रूपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ। 

प्रकाशित: १ माघ २०७९ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App