६ आश्विन २०८१ आइतबार
image/svg+xml

थप ३१५ जनामा कोरोना पुष्टि, २ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

ताप्लेजुङमा करिव ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

ताप्लेजुङमा करिव ५० हजार जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको पाइएको छ।जिल्ला प्रशासन कार्यालयले सोमबार प्रकाशित गरेको विवरण अनुसार ४९ हजार ६ सय ४९ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्।

प्रदेश १ मा ४९ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण भएको छ। ५ सय ८ जनाको पिसिआर परीक्षण गर्दा ४१ र १ सय १ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

६६ र ७१ वर्षीय व्यक्तिमा देखियाे ओमिक्रोन

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको हो। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।

मिस स्टेट १ को ताज श्वेतालाई

ताजसँगै श्वेताले हिरो होण्डाको डियो स्कुटर पनि पाइन् भने बिबिएस र नेपाल एयरहोस्टेज काठमाडौंमा एयरहोस्टेज अध्ययनको लागि पुर्ण छात्रवृत्ति पनि पाएकी छिन्। उनले मिस पर्सनालिटीको सवटाइटल पनि जितिन्। उनलाई दोस्रो संस्करणकी विजेता रजनी तुम्सा लिम्बूले ताज पहिराइदिएकी थिइन्।

२०५ जना नयाँमा संक्रमण, १ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै बितेको २४ घन्टामा सोको संख्यामा संक्रमित भएको जनाएको छ।

थप २३८ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

५ हजार २९५ जनाको पीसिआर र १ हजार ५०२ जनाको एन्टिजेन परीक्षण गरेको उल्लेख गर्दै सो अवधिमा ५ जनाको मृत्यु भएको मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको हो।

अब दैनिक दुई लाखलाई कोरोनाविरुद्ध खोप लगाइने

मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो।

कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन'को सङ्क्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता

सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ।

पर्यटनमा ‘ओमिक्रोन’ प्रभाव

पछिल्लो सयम झिनो संख्यामा पर्यटक आगमन बढ्दै गएको देखिए पनि कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्र त्रसित बन्ने देखिएको हो।

प्रदेश १ मा ४२ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ। ५ सय जनाको पिसिआर परीक्षण गर्दा ३७ र १ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

भारतमा ‘ओमीक्रोन' भाइरस देखिएसँगै वीरगञ्ज नाकामा उच्च सतर्कता

भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

२५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

कोरोनाको लक्षणपछि ८२ जनाको परीक्षण गर्दा एकसाथ २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए।

प्रदेश १ मा ६२ कोरोना संक्रमणमुक्त, ३३ जनामा संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २४ महिला र ३८ पुरुष रहेका छन्।

थप ३१५ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ११ हजार ४०३ जनाको पिसिआर र एण्टिजेन विधिबाट परिक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्