२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थप ३१५ जनामा कोरोना पुष्टि, २ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ। 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ याे संगै मृत्‍यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ भने ८ लाख ५ हजार २०५ जना संक्रमणमुक्त भएका छन्।  ३०४ जना निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। 

प्रकाशित: २१ मंसिर २०७८ १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App