११ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

थप ३१५ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ११ हजार ४०३ जनाको  पिसिआर र एण्टिजेन विधिबाट परिक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बिहिबार देशभर संक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको छ भने २०१ जना कोरोना मुक्त भएका छन्।  

यस्तै पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म देशभर ११ हजार ५ सय ३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।  

प्रकाशित: १६ मंसिर २०७८ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App