६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

विजयादशमीः चौथो दिन आज पनि टीका लगाइँदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज पनि जारी छ।

चेपाङ परिवारलाई खाद्यान्न सहयोग

जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। हिन्दूको महान चाड दसैँ – तिहार नजिकै आइरहेको अवस्थामा कोभिडका कारण ज्याला मजदूरी गर्नसमेत नपाई खाद्यान्न संकटमा परेका चेपाङ घरपरिवारलाई सहयोग गरिएको हो।

आज हरितालिका तिज

तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन्।

नागपञ्चमी नालिबेली

नागपूजाका लागि नागपञ्चमीको दिन बिहानै उठी स्नान गरिन्छ । त्यसपछि दियो, कलश र गणेशको पूजा गरी दूध, दही, घिउ, चिनी, मह (पञ्चामृत), अघ्र्य, चन्दन, अक्षता, तिलजौ, फूल, दूबो आदिले नागको पूजा गरी दूध र लावाको नैवेद्य चढाइन्छ । केरा वा कुनै पनि वनस्पतिका पातमा गोबरको नाग बनाई पूजाआजा गर्ने विधान पनि छ ।

हिन्दू जागरण नेपालको दवावपछि ‘नो व्रत प्लिज’ लाई हाइलाइट्ले राख्यो ‘प्राइभेट’ मा

गायिका सोफिया थापाको ‘अबको तिज नो व्रत प्लिज’ बोलको गीतलाई प्राइभेट गरिएको छ। हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको गायिका थापाको गीतलाई युट्युबमा प्राइभेटमा गरिएको हो। हिन्दू धार्मिक संगठनहरूले लिखित पत्र पठाएपछि आफूहरुले गीत प्राइभेट गरेको हाइलाइट्स नेपालका जनक तामाङले बताए।

मिथिलानी बर्साइत पर्व मनाउँदै

इस्लाम धर्मावलम्बीको महान् पर्व इदको तयारीमा रहेका बेला विवाहित हिन्दू मैथिल नारी आज बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन्।

संस्कृति जोगाउन ज्ञान परीक्षा

हिन्दू स्वयंसेवक संघद्वारा आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७६ सम्पन्न भएको छ। नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले काठमाडौंको टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।

विश्व हिन्दू महासभाका अध्यक्ष बच्चनको गोली हानी हत्या

अन्तर्राष्ट्रिय हिन्दू महासभाका अध्यक्ष रञ्जित बच्चनको गोली हानेर हत्या गरिएको छ।

स्त्रीशक्ति, मिथक र मीमांसा

हिन्दू समाजमा नारी शक्तिको बखान गर्दा अधिकांशले पौराणिक पात्र नवदुर्गाहरूसँगै पार्वती, सीता, कुन्ती, द्रौपदी लगायतको उदाहरण पेस गर्छन् । यिनीहरू सबैसँग अनेक मिथकीय शक्ति र जन्म कहानी छन् । यी सबै पात्रहरू उच्च वर्ग, शासक र सत्तासँग सम्बन्धित छन् ।

‘गृहमन्त्रीज्यू ! गौहत्यारामाथि कारबाही गरेर विगतका सबै पाप पखाल्नुस्’

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ।

सबै समुदायको ‘साझा पर्व’ बन्दै तीज

पहाडी समुदायका हिन्दू महिलाले मनाउने हरितालिका तीज पर्व पछिल्लो समय सबै समुदायका महिलाको ‘साझा पर्व’ बन्दै गएको छ। हिन्दू धर्म मान्ने मधेसी समुदाय मात्र होइन, जनजाति समुदायका महिलाले समेत तीज उल्लासका साथ मनाउन थालेका छन्।

पशु चौपाया मार्नेलाई कडा कारवाहीको माग

पशुको जिउने अधिकारका लागि वकालत गरिरहेको स्नेहाज केयर तथा नेपाल भेटेरीनरी एशोशिएशनले हिन्दूहरुको आस्थाको पशु गार्ई र कुकुरलाई वर्वरतापूर्वक मार्ने अपराधीमाथि हदै सम्मको कारवाही गर्न माग गरेको छ। आज काठमाडाैँ आयोजित पत्रकार सम्मेलनमा खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा कुकुरलाई सामूहिकरुपमा वर्वरतापूर्वक मारिएको तथा नेपालगन्जबाट दैलेख लैजानेक्रममा गाईलाई सुर्खेतको कटकुवा जङ्गलमा भीरबाट खसालेर मारिएको घटनाको भत्र्सना गर्दै दोषीमाथि कानूनी कारवाहीको माग गरिएको हो।

तीज : पहिले र अहिले

हिन्दू नारीको छुट्टै र ठूलो निकै महिमा बोकेको मौलिक चाड हो– तीज। खानामा, गीतमा र सम्बन्धमा मिठास भर्ने हाम्रो गौरव बोकेको संस्कृति हो– तीज। सदियौँदेखि चलिआएको यो मौलिक पर्वमा अहिले भने खै कतै धमिराले खाएर हो कि मक्किएर हो, खोक्रो लाग्न थालेको छ। हाम्रा हजुरआमा, आमाहरूले तीजका बेला गाउँ नै घन्किने गरी मीठा भाकामा दुःख, पीडा, विरह, सुख, माया, प्रेम, विद्रोहका कुरा गीतमार्फत व्यक्त गर्थे। हामीले त्यो पुस्ता नभेटेका पनि होइनौँ। जब कृष्ण जन्माष्टमी नजिक आउँथ्यो, तब मात्र चेलीको चहलपहल सुरु हुन्थ्यो। बाटामा रातै बनेर ओहोरदोहोर गरेका महिला देख्दा लाग्थ्यो– तीजले कति रौनक बोकेर आएको छ !

बजारमा तीज केन्द्रित नयाँ डिजाइन

हिन्दू नारीहरूको पर्वको रूपमा परिचित तीज नजिकिँदै जाँदा दर खाने सुरू भइसकेको छ । यसलाई केन्द्रित गरेर राजधानी वरपर रहेको विभिन्न बुटिकहरूले नयाँ फेसनको ट्रेन्डअनुसारको ड्रेस तयार गरिरहेका छन् । तीजमा नारीहरू शीरदेखि पाउसम्म रातै भएर शृंगारिने चलनमा फरकपन आएसँगै नयाँ–नयाँ डिजाइनको ड्रेस बुटिकमा राख्न थालेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्