coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

हिन्दू जागरण नेपालको दवावपछि ‘नो व्रत प्लिज’ लाई हाइलाइट्ले राख्यो ‘प्राइभेट’ मा

गायिका सोफिया थापाको ‘अबको तिज नो व्रत प्लिज’ बोलको गीतलाई प्राइभेट गरिएको छ। हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको गायिका थापाको गीतलाई युट्युबमा प्राइभेटमा गरिएको हो। हिन्दू धार्मिक संगठनहरूले लिखित पत्र पठाएपछि आफूहरुले गीत प्राइभेट गरेको हाइलाइट्स नेपालका जनक तामाङले बताए।  

गीत सार्वजनिक भएसंगै संगठनका व्यक्तिहरुले गीतले धार्मिक आस्थालाई आघात पुर्‍याएको भन्दै गीत हटाउन गायिका र युट्युब च्यानललाई निरन्तर दबाब दिएका थिए।

‘गीत हटाउनु भनेर हिन्दू जागरण नेपालको पत्र आयो। गीत हटाइएको छैन्’, तामाङले नागरिकसंग भने,‘तत्तकालका लागि प्राइभेटमा राखिएको छ। अब उहाँहरुको निर्णयम नभएसम्म प्राइभेटमा राखिने छ।’  

गीत सार्वजनिक भएपछि धार्मिक संगठनका केहि व्यक्तिहरुले तारान्तार फोन गरेर हटाउन दवाव दिएको तामाङले बताए।वर्षौदेखि चल्दै आएको परम्परा विरोधी गीत भएको भन्दै हिन्दु जागरण नेपालले गीत हटाउन निरन्तर दवाब दिएको थियो।    

गीत नहटाए भौतिक आक्रमणको धम्की समेत सहेकी गायिका थापा भने गीत नहटाउने अडान लिएकी छिन्।  ‘एउटा सर्जकको सिर्जनामाथि हस्तक्षेप भयो। यसका लागि निरन्तर संघर्ष गर्नेछु। यो विषयलाई स्वातन्त्रताको पक्षधरहरुले अघि बढाउने छन्’, उनले भनिन्।  

कुनै पनि हालतमा हटाइने छैन् यसको लागि  निरन्तर संघर्ष गर्ने गायिक थापाले बताईन्। ‘अब संघर्ष नगर्नुको विकल्प छैन्। यो समग्र सर्जकहरु माथि नै प्रश्न गरेको। यसले सर्जकहरुका लागि नयाँ बाटो निर्धारण गर्ने छ, उनले भनिन्।  

‘हाम्रो परम्परागत सोच , संस्कारलाई समय अनुकुल रुपान्तरण गर्दै लैजान सक्नु पर्छ। अहिले पनि महिलाहरुले श्रीमानको दिर्घायु लागि पानी पनि नखाई ब्रत बस्ने चलन छ। स्वास्थ्य तथा समानता दुबैका हिसाबले पनि गलत छ। यहि  संस्कारलाई मैले ‘अब को तीज नो ब्रत प्लिज’ भनेकी हुँ। यसमा केहि त्यस्तो आपत्ति छ जस्तो लाग्दैन’, थापाले भनिन्।

 

प्रकाशित: ७ श्रावण २०७७ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App