१२ मंसिर २०८१ बुधबार
image/svg+xml

महिलाले रक्सी किन्न पाउने प्रस्ताव राष्ट्रपतिद्वारा खारेज

श्रीलंकामा महिलाले कानूनी रुपमा मदिरा खरिद गर्न पाउने सरकारको प्रस्ताव राष्ट्रपति मैत्रीपला सिरिसेनाले खारेज गरिदिएका छन्। पुरुषसरह समान अधिकार दिने भन्दै सरकारले यो प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको थियो।

दलका चुनावी घोषणा, गर्भवतीलाई भत्तादेखि रक्सी नियन्त्रणसम्म

ऐन जारी भइसकेको स्वास्थ्य बिमालाई लागू गर्ने, गाउँगाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने गरी ठूला अस्पताल स्थापनाको साझा अवधारणासहित ठूला राजनीतिक दलले आगामी केन्द्र तथा प्रदेश तहको निर्वाचनका लागि घोषणापत्रमा पारेका छन्।

‘रक्सीको सर्वोत्तम विकल्प साहित्य हो'

सबै प्रकारका मान्छेले रक्सी खान्छन्। अरूभन्दा लेखक रक्सी खाएर बदनाम बढी हुनु उसको ‘एक्जिभिसननिस्ट' प्रवृत्तिले गर्दा हो। खानुपिउनुको सम्बन्ध भोकप्याससित हुन्छ, समयसित हुँदैन। मेरा लागि रक्सीको सर्वोत्तम विकल्प साहित्य हो! रक्सी छोड्नुपर्‍यो, साहित्य छोड्नुपर्ला भनेर म पीडित छु।

देउसीमा रक्सी मिसिएपछि...

भाइटीकाको राति बानेश्वर क्याम्पसछेउ देउसीभैलो कार्यक्रम थियो । एउटा समूहले देउसी खेलिरहेका बेला एक व्यक्ति हातमा धारिलो खुकुरी लिएर आए । रक्सीले मातेका उनले समूहमा रहेका विक्रम राई, विक्रम घर्तीमगर र होमबहादुर लिम्बुलाई खुकुरीले हान्न थाले । राईको पेटमा खुकुरीले गम्भीर चोट लाग्यो ।

रक्सीसँग हारे खेमराज

उनलाई चार–पाँच महिनाअघि ओम अस्पतालबाट डिस्चार्ज हुनेबेला डाक्टरले अन्तिम चेतावनी दिएका थिए, 'रक्सी छुँदै नछुनू। रक्सी खाएर मकहाँ फेरि नआउनू।' उनले केही हप्ता डाक्टरको सल्लाह माने। औषधी पनि नियमित सेवन गरे।

इन्चार्ज यादवले रक्सी खाएर लापरबाही गरेपछि ...

महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज अशोक यादव ड्युटीको समयमा सार्वजनिक स्थानमा रक्सी सेवन गरी वेवारिसे अवस्थामा फेला परेपछि निजलाई कारबाहीका लागि जिल्ला पठाइएको छ ।

रक्सीमा रम्दै हराउँछ जिन्दगी

नेपालका पत्रपत्रिकामा रक्सीको बारेमा चर्चा र छलफल हुँदा लेखक, कलाकार, पत्रकार, नायक, कवि आदिले मजासँग रक्सी खाएपछि मात्र लेख्न सक्छन् भन्ने भान पर्ने अन्तरवार्ता छापिन्छ, रक्सीलाई मन मस्तिष्क तीव्र पर्ने वस्तु जस्तो देखाइन्छ र पाठकलाई के भान पर्न जान्छ भने रक्सी खानु त खासै नराम्रो होइन रहेछ तर रक्सी सेवनले समयभन्दा अघि नै मृत्युको मुखमा गएका नारायण गोपाल, कवि हरिभक्त कटुवाल आदिको रक्सी पिउने बानी र त्यसले जीवनमा परेको नराम्रो असरबारे प्रायः कोही बोल्न चाहँदैन।

अनि मैले रक्सी छाडेँ

चैत पहिलो साता हामी परिवारै सिक्किम गयौं। साँझ ससुराली पुगियो। ज्वाइँ आउने भनेर अनेकौं परिकार, ब्रान्डी र बियर व्यवस्था गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्