१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
दीपेन्द्र लामा
<p>२०५७ सालबाट पत्रकारिता सुरु गरेका दीपेन्द्र लामा नागरिक दैनिकमा स्थापना कालदेखि आवद्ध छन्। उनी नेपाल चलचित्र समीक्षक समाजका उपाध्यक्ष हुन्।</p> <p>फेसबुक:&nbsp;<a href="http://facebook.com/dipendralama"></a><a href="http://facebook.com/dipendralama">http://facebook.com/dipendralama</a></p>

दीपेन्द्र लामाका लेखहरु :

'सेतो सूर्य'लाई ४२ लाखको अवार्ड

नेपाली फिल्म 'सेतो सूर्य' सिंगापुरको प्रतिष्ठित फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट ठहरिएको छ। २७औं सिंगापुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दीपक रौनियार निर्देशित फिल्मले शनिबार साँझ 'बेस्ट एसियन फिचर फिल्म' घोषित हुँदै 'सिल्भर स्त्रि्कन अवार्ड' जितेको हो। सिंगापुर फेस्टिभलको यो नै मुख्य अवार्ड हो।

डबल मज्जाले भरिभराउ 'जात्रा'

कसैको निम्तोमा नेपाली फिल्म हेर्न गइयो भने दुई कुराको डर हुन्छ। पहिलो डर, फिल्मको नाममा दुई–अढाई घन्टा यातना झेल्नुपर्ने र अर्को डर, हलबाट बाहिरिएपछि सम्बन्धित निर्माता निर्देशकलाई 'फिल्म राम्रै छ' भनेर ढाँट्नुपर्ने। त्यसैले त्यस्तो निम्तो स्विकार्ने कि नस्विकार्ने? धेरै सोचविचार गर्नुपर्ने हुन्छ।

रक्सीसँग हारे खेमराज

उनलाई चार–पाँच महिनाअघि ओम अस्पतालबाट डिस्चार्ज हुनेबेला डाक्टरले अन्तिम चेतावनी दिएका थिए, 'रक्सी छुँदै नछुनू। रक्सी खाएर मकहाँ फेरि नआउनू।' उनले केही हप्ता डाक्टरको सल्लाह माने। औषधी पनि नियमित सेवन गरे।

जसले 'माइतीघर' आएर 'कान्छी'सित 'मायाप्रीति' गाँसे

निजीस्तरबाट बनेको नेपालको पहिलो फिल्म 'माइतीघर'का निर्देशक बिएस थापाको मंगलबार भारतको मुम्बईमा ९३ वर्षको उमेरमा निधन भएको छ। उनको जन्म १९२३ जुलाई ३ का दिन देहरादुनमा भएको थियो।

भेनिसमा छानियो दुई नेपाली फिल्म

इटालीमा हुन लागेको ७३ औं भेनिस फिल्म फेस्टिभलमा यसपालि पनि नेपाली फिल्म छनोट भएको छ। पोहोर मीनबहादुर भामद्वारा निर्देशित 'कालो पोथी' छानिएको फेस्टिभलमा यसपालि दीपक रौनियारको 'ह्वाइट सन' र विभूषण बस्नेत तथा पूजा गुरुङको सर्टफिल्म 'दद्या'ले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

अर्ग्यानिक खुराक ‘कालो पोथी’

स्वीजरल्यान्ड, जर्मनी र फ्रान्सबाट दुई करोड रुपैयाँभन्दा बढी ‘नगद’ जितेदेखि नै फिल्म ‘कालो पोथी’को चर्चा सुरु भएको थियो । तीन करोड ८५ लाखको लागतमा बनेको यो फिल्मले इटालीमा भएको ७२ औं भेनिस फिल्म फेस्टिभलको ‘इन्टरनेसनल क्रिटिक्स विक’ सेक्सनमा उत्कृष्टता समेत हासिल गर्यो ।

अस्ताए अम्बर

नातिकाजी श्रेष्ठ, शिवशंकर मानन्धर, फत्तेमान राजभण्डारी र प्रेमध्वज प्रधानहरूको पकडमा रहेको नेपाली संगीतमा अम्बरले नयाँ आयाम थपिदिए । उनले नेपाली संगीतलाई भारतीय शास्त्रीय संगीत र पाश्चात्य संगीतका संरचनात्मक र प्रविधि थपेर अझ परिष्कृत गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्