७ वैशाख २०८१ शुक्रबार

इँटाभटामा क्षयरोगी खोज्दै स्वास्थ्यकर्मी टोली

नेपाललाई सन् २०५० सम्ममा क्षयरोगमुक्त बनाउने सरकारी योजना छ। सोही योजनाअनुरुप भक्तपुरको एक स्वास्थ्य टोली क्षयरोगीको खोजपड्ताल गर्न इँटाभटा पुगेका छन्।

सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।

बस्ती खाली गर्न भनेपछि आन्दोलनमा सुकुम्बासी (फोटोफिचर)

काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती खाली गर्न भन्दै बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सूचना जारी गरेपछि सुकुम्बासी बस्तीका मानिसहरुले माइतीघरमा प्रदर्शन गरेका छन्।

भक्तपुर मनोहरा सुकुम्बासी बस्ती डुबान (फोटोफिचर)

गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्बासी बस्ती डुबानमा परेको छ। जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ।

सुकुम्बासीका पीडाः हिउँदमा ढल, वर्षामा बाढी (फोटोफिचर)

राजधानीको बागमती, विष्णुमती, मनहरा र गोदावरी नदी किनारको खालि जमिनमा हजारौं टहरा बनाएर घरविहीनहरु बस्दै आएका छन्।

सुकुम्बासीहरूको उठिबास

वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति पुगेको छ। घटनास्थलमा पुगेर प्रहरीले उद्धार गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। जिल्लाको चाँगुनारायण नगरपालिका–६ नयाँ गाउँ बस्ने विक्रम तामाङको जस्ताको घर पहिरोका कारण जोखिममा परेको छ।

सुकुम्बासी बस्तीमा भएको आगजनीको सर्वत्र विरोध

तीनतिरबाट चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणतिर सोमेश्वर पहाडले घेरिएको माडी नगरपालिका ९, कुसुमखोलामा गएको शनिबार सुकुम्बासी बस्तीमा रहेका दसमध्ये दुई घरमा आगजनी गर्ने र आठ घरलाई हात्ती परिचालन गरी भत्काउने काम भयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्