२ मंसिर २०८१ आइतबार
image/svg+xml

मापसे चेकिङ पनि स्थगित

कोरोना भइरस (कोभिड–१९)को संक्रमणका कारण ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्र मदक पदार्थ सेवन (मापसे) जाँच गर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर मापसे जाँच गर्ने तरिकामा केही परिवर्तन गरिएको बताए।

प्रहरी गणमा बाहिर निस्कन बन्देज

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी रुपमा फैलिरहेका बेला कर्णाली प्रदेश प्रहरी गणमा उच्च सतर्कता अपनाइएको छ। प्रहरी गणमा रहेका प्रहरीहरु बाहिर निस्कन बन्देज गरिएको हो। उनीहरुले भित्रै तालिमदेखि अन्य कार्यालयका कामहरु गर्ने गरेका छन्।

नमाज पढ्ने कार्यक्रम स्थगित

सरकारले धेरै मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्दिजहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ। विश्वभरी कोरोना भाइरस (कोभिड-१९) सन्त्रास फैलिएका बेला उपत्यकाका विभिन्न मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो।

बसपार्कमा उपत्यका छाड्नेहरुको संख्या बढ्याे

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेसँगै उपत्यका छाड्नेहरुको संख्या बढेको छ। कोभिड -१९ को जोखिम बढेसँगै सरकार विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने निर्णय गरेको थियो। सरकारी निर्णयपछि विद्यालयहरु बन्द भएका छन् भने छाड्नेहरुको संख्या बढेको छ।

चैत्र २२ सम्म सबै अदालत बन्द

कोरोना भाइरसलाई मध्यनज राख्दै देशभरका अदालत बन्द गरिएको छ। शुक्रबार बसेको 'फुल कोर्ट' बैठकले चैत्र २२ गतेसम्मका लागि सबै तहका अदालत बन्द गर्ने निर्णय गरेको हो।

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम बढेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ। शुक्रबारका लागि बोलाइएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको हो।

कोभिड–१९ बाट बँच्न नमस्ते गरौँ, मन बलियो बनाऔँ

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कोभिड–१९ बाट आतङ्कित नहुन आग्रह गरेका छन।

सिन्धुका सात ठाउँमा आइसोलेसन बनाउन सुरू

कोरोना भाइरस संक्रमण फैलन सक्ने सम्भावित खतराप्रति उच्च सतर्कता अपनाउँदै सिन्धुपाल्चोकका सात स्थानमा आइसोलेसन वार्ड स्थापना गर्ने तयारी थालिएको छ।

थर्माेमिटरकै भरमा कोरोना परीक्षण

अन्य प्रविधि नहुँदा यहाँ ज्वरो नाप्ने यन्त्रको भरमा कोरोना भाइरस संक्रमणको अवस्था चेकजाँच गर्नुपर्ने अवस्था छ।

राजपाको महाधिवेशन अनिश्चित

पटकपटक स्थगित हुँदै आएको राष्ट्रिय जनता पार्टीको महाधिवेशन वैशाखमा पनि नहुने भएको छ। कोरोना भाइरस संक्रमणको कारण देखाउँदै सार्ने भएको छ।

मेलम्चीको काम तत्काल नरोकिने

कोरोना भाइरस विरुद्ध सतर्कता अपनाउँदै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन सरकारले निर्देशन दिए पनि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम भने तत्काल नरोकिने भएको छ।

सर्‍यो मिस नेपाल प्रतियोगिता

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै मिस नेपाल प्रतियोगिताको मिति सारिएको छ।

कर भुक्तानी अवधि सार्ने तयारीमा सरकार

अर्थमन्त्री युवराज खतिवडाले व्यवसायीलाई कर भुक्तानीको अवधि सार्ने तयारी भइरहेको बताएका छन्।

‘अहिल्यै मिति सार्नु हतासको निर्णय’

विश्व एथ्लेटिक्सका प्रमुख सेबास्टियन कोएले कोरोना भाइरसका कारण टोकियो ओलम्पिक २०२० केही महिना पछि धकेलिने सम्भावना रहे पनि अहिलेबाटै प्रतियोगिताको मिति सार्नुे निकै हतासको निर्णय हुने बताएका छन्।

जनचेतना बाडदै इङ्लिस क्लब

कोरोना भाइरसको त्रास बढेसँगै नियमित फुटबल खेल्नमा रोक लगाइएपछि इङ्लिस प्रिमियर लिगका क्लबहरूले भने सार्वसाधारणलाई सोही रोगका बारेमा जनचेतना बाँड्नुका साथै उनीहरूको दैनिकी स्वाभाविक रूपमा अघि बढोस् भन्ने कार्य गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्