शिव महिमायुक्त साउने सोमबार
साउनको सोमबार शिवजीको जन्म दिनस्वरूप भक्तिपूर्वक धूमधामका साथ मनाइन्छ।
साउनको सोमबार शिवजीको जन्म दिनस्वरूप भक्तिपूर्वक धूमधामका साथ मनाइन्छ।
आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि मनाइँदै छ। हिन्दू नेपाली नारीहरुले भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन्। साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन्।यस वर्ष कोरोना महामारीका कारण विगतका वर्षजस्तो शिवालयलमा भिडभाड कम छ।
एक सय ८ फिटको शिवलिङ्ग, वरपर एक सय आठ तुलसी मठ, एक सय ८ केजीको घण्ट, एक सय आठ ओटा घण्ट र एक सय आठ ओटा धारा रहेको सुन्दर देवस्थल। यही देवस्थलमा साउने सोमबारे ब्रतमा हजारौँ श्रद्धालु भक्तजनको भीड लाग्न थालेको छ धनगढीको उत्तरबेहडीस्थित शिवपुरी धाममा।
साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको भिड लागेको छ। झरीमा रुझ्दै उनीहरू मन्दिरको मुल गेटमा फूलप्रसाद चढाएर मनलाई शान्त बनाउँदैछन्।