१५ वैशाख २०८१ शनिबार
image/svg+xml

चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

नेपाल-भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन्।

‘भारतले हेपाहा प्रवृत्ति देखायो’

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनगरस्थित नेपाल-भारत सीमा क्षेत्रमा भारतले हेपाहा प्रवृत्ति देखाएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको सहकार्यमा नेपाल अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै

संयुक्त राष्ट्रसंघको सहकार्यमा नेपालले आगामी जुन १२ देखि १५ तारिखसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने भएको छ।

चुनाव नजिकिँदै जाँदा अवैध हतियारको प्रयोग

नेपाल-भारत सिमा क्षेत्रभन्दा करिब ३५ किलोमिटरभित्र पसेर तीन भारतीयसहित चार जना अपराधीहरुले बुधबार दिउँसै सहकारी कर्मचारी माथि गोली प्रहार गरेका थिए। घटनामा एक नेपाली पनि संलग्न रहेको पुष्टि भएको छ।

प्रहरी हिरासतबाट फरार अभियुक्त पुनः पक्राउ

बाँके खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुलखाँलाई प्रहरीले पक्राउ गरेको छ। खाँलाई जबरजस्ती करणी आरोपमा प्रहरीले गत असार २३ गते पक्राउ गरी म्याद थप गरी अनुसन्धान कै क्रममा हिरासतमा राखेको थियो।

‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित

भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो संख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन्।

जनकपुर पुग्यो रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल'

नेपाल-भारत रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल' आज जनकपुरधाम आइपुगेको छ। दिउँसो १ः३० मिनेटमा जनकपुरधामाको रेल्वे स्टेसनमा पुगेको हो। सो रेलमा ६ सय भारतीय पर्यटक सवार रहेको छ।

पशुपति धर्मशालामा सञ्चालित होटल बन्द

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल-भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ।

नेपाल-भारत सीमा खुलाउन धर्ना

नेपाल-भारत सीमा खुलाउन वीरगन्जमा स्थानीय नागरिक अगुवाहरुले धर्ना प्रदर्शन सुरु गरेका छन्। सीमा बन्द रहेका कारण मानिसहरुको जनजीवनमा कठिनाई भएको भन्दै उनीहरुले साबिक इनर्वा नाकामा रहेको वीरगन्ज भन्सार कार्यालय अगाडि धर्ना दिएका हुन्।

कालापानीका कारण बिग्रिएकाे नेपाल-भारत सम्बन्ध भारतीय विदेश सचिवको भ्रमणले सुध्रिएला?

नेपालले नयाँ नक्सा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध बिहीबारदेखि हुने भारतका विदेश सचिवको भ्रमणबाट पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा दुवै देशका नागरिकले गरेका छन्।

नरवणेको नेपाल आगमनले दुई देशकाे सैनिक सम्बन्ध थप सुमधुर हुने विश्वास छ : नेपाली सेना

भारतीय वायु सेनाको विशेष विमानमार्फत भारतका स्थल सेनाध्यक्ष नरवणे काठमाडौं ओर्लिएलगत्तै नेपाली सेनाको मुख्यालय जंगी अड्डाले विज्ञप्ति जारी गरी उक्त विश्वास व्यक्त गरेको हो।

भारतका सेना प्रमुख नरावणे काठमाडौंमा

नेपालको तीन दिने औपचारिक भ्रमणका लागि भारतीय स्थल सेनाध्यक्ष नरावणे भारतीय वायु सेनाको विशेष विमानमार्फत बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्