११ मंसिर २०८१ मंगलबार
image/svg+xml

जो थियो दिलमा उसैले मुटु घोच्न थालेपछि

बाढी – पहिरोले खाँदै गयो जिन्दगीका पाटाहरू, हिँड्नुपर्छ सम्हालेर अप्ठ्यारा छन् बाटाहरू । जो थियो दिलमा उसैले मुटु घोच्न थालेपछि, उप्किएर दुख्न थाल्यो पुरानो घाउका खाटाहरू ।

दुष्ट मान्छेहरूले गुन लगाएको बिर्सिन्छन्

उज्यालो दिनमा जून लगाएको बिर्सिन्छन्,दुष्ट मान्छेहरूले गुन लगाएको बिर्सिन्छन् । हे मानव चेतना बढोस् अब तिम्रो दिमागमा, आलो घाउमा चुकनुन लगाएको बिर्सिन्छन्।

बिचरो कौवा

काली चरीले भनेको ठीकै रहेछ भन्ने कुरा उनीहरूले पछि मात्र थाहा पाए । कोइलीले सधैँ कौवाको गुँडमा मात्रै फुल पार्दा रहेछन् भन्ने कुरा थाहा पाएपछि उनीहरूलाई अचम्म लाग्यो । ‘सबैले बाठो भन्ने कौवा हामीभन्दा पनि लाटो रहेछ । लाटो नभए किन अर्काका सन्तान आफ्नै ठानेर हुर्काउँदो हो र ! बिचरा कौवा !’ पछि फुल पार्ने बेला भएपछि उनीहरू पनि कौवाको गुँड खोज्दै उड्न थाले ।

हिजोआज

दुईचार घन्टी बजेपछि बिजी आउने अनि, समयमा भेटघाट हाम्रो हुन, छाडे पनि । सम्झना त आइरहने, जति भागे पनि, अतितलाई सम्झीसम्झी, लेख्छु कथा अनि । रमाइलो दिन थियो, थिएन मनमा पीर, नत कल नत भेट, यो मन छैन स्थिर । किन आजकल यस्तो भयो, थाहा पाइन मैले, समयमै भेट हुन्थ्यो दिनदिनै जहिल्यै।

नाम्लोको बयान

एक दिन नाम्लोले काजिमानलाई भन्यो– ‘मालिक सिँढीले मानिसलाई माथि पुरयाउँछ मैले तपाईंलाई माथि पुरयाउन सकिन !’ म सधैं तपाईंको मालिक भए तपाईंको तालु कुच्याए तर पनि तपाईंले मलाई सिरानीमा राख्नुभयो ।

मेघन–ह्यारीले ल्याएको विश्व तरंग

दुनियाँ आज पद, प्रतिष्ठा र सम्मानका लागि मरिहत्ते गरेको हामीले देखेका छौँ। राजदरबारको सुखसयल, राजसी ठाँटबाँटमा रमाइरहेका नवविवाहित युवा राजकुमार ह्यारी र मेघनको जोडीले एकाएक सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट अलग्गिने घोषणा गरेसँगै विश्व तरंगिएको थियो, समाचारहरूमा।

टौवा

प्रथमतः नौले क्षेत्रीले रामनाथको गर्दनमा आफ्ना दुवै हातले समाते र ङ्याक्न खोजे। रामनाथले पनि नौलेको कमिजमा समातेर तान्न थाले। न्वारनदेखिको ऊर्जा खपत भएको हुँदा नौलेको कमिजले तत्क्षण सहादत प्राप्त गर्‍यो र सन् ४७ पछि भारत र पाकिस्तान दुई टुक्रामा विभाजित भएझैं हुन पुग्यो।

दाउमा देश !

खेल—ठूला वा साना जो कसैको होस्, पराजयको पीडामा ठूलै हुने रहेछ आवाज । खेल—साना वा ठूला जोसुकैको होस्, हारको घाउले चहराउँदा चर्कै हुने रहेछ स्वर ।

रूखहरूको मृत्यु

गाउँबाट शहरमा आई आफूले गर्नुपरेको संघर्ष तथा बाध्यतालाई यथास्थितिबाट उजागर गरी आफ्नो भविष्य खोज्ने जो कोहीका लागि पनि यो पुस्तक सटिक तथा जीवन्त लाग्न सक्छ । पहिला सामान्य कथावस्तुबाट उठान गरिएर यति बृहत् रूपमा दोस्रो भूत र वर्तमानलाई सँगसँगै प्रस्तुति गरिएको उक्त पुस्तकमा जहाँ मानव जीवनमा नितान्त रूपमा आइपर्ने घटना क्रमहरूको यथार्थता बताइएको छ।

जनकलालको विराट व्यक्तित्व

जनकलाल शर्मा जोसमनी सन्त उमाकान्तदासका नाति र सन्त गोविन्ददासका छोरा थिए। आफ्ना बासित उनी नेपालदेखि असम र बर्मासम्म घुमेका थिए। जोसमनी सन्तहरू जातभात मान्दैनथे, ठूलोसानोको भेदभाव गर्दैनथे। त्यसको प्रभाव जनकलाल शर्माको सोचाइ र व्यवहारमा पनि परेको देखिन्छ।

पलपको रूख

बिस्तारै—बिस्तारै पलपको नाङ्ला जत्रा पातहरू झरेर अरू बोट बिरुवाहरूमाथि पर्न थाले । ती पातहरूले थिचेपछि अरू बिरुवाको मुन्टो मास्तिर आउन सकेन । त्यति मात्रै होइन, अब पलपको जरा पनि फैलिएर अरू बिरुवा उभिने ठाउँ समेत कब्जा गर्न थाल्यो । बिस्तारै आफ्नो जरा पुगेको ठाउँमा पलपले आफ्नै सन्तान उत्पादन गर्न थाल्यो । बलियो बिरुवाको अगाडि कमजोर बिरुवा टिक्न नसकेर मर्न थाले।

आशावादी र नाटक

मान्छेले आफूभित्रको मानवीय संवेदना कतिले बुझ्छन् बुझ्दैनन् थाहा छैन्। मान्छेका रहर पनि अरूसँग नमिल्न सक्छ । मनभित्रका उकुसमुकुस कहाँ पोख्ने थाहा हुँदैन। सबैको नजरमा सम्पूर्ण भएको मान्छे पनि पूर्ण हुँदैन । जीवनको धरातलमा सधैँ मुस्कुराउनेले एक्लै हुँदा कति रोएका होलान ।

डेट एक्सपायर

तँपाईहरूकोभन्दा मेरो झन् चौपट्ट भयो। आखिर मान्छेलाई जति जे भए पनि खानै पर्छ। होटल व्यवसााय गर्नेहरूकामा लुकेर भए पनि खान आउँछन् नै । कपडा, जुत्ता पसलका सामान कहिल्यै बिग्रन्न। रक्सी पसल नचल्ने कुरै भएन। नेपालीलाई खुशी र दुखमा पनि रक्सी पिउने बहाना हुन्छ। राजनीतिक पार्टीका कार्यकर्ताहरूको रक्सी नखाई राजनीति नै चल्दैन। सबैभन्दा मजस्ता व्यवसायीलाई मर्नु न बाँच्नु भयो।

आखिर सबै मान्छे नै हुन् घृणा गर्ने किन

आखिर सबै मान्छे नै हुन् घृणा गर्ने किन, क्षेत्री, बाहुन,वैश्य,शुद्र यहाँ हुनुपर्ने किन । पानी छोएको नचल्ने यो कस्तो विभेद हो, आरोप सहँदै दलितहरू अझै मर्ने किन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्