२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

दुष्ट मान्छेहरूले गुन लगाएको बिर्सिन्छन्

मुक्तक

                     १) 

आफ्नो जिन्दगीको गति बुझ्न सक्नुपर्छ ,

अवसर समय परिस्थिति बुझ्न सक्नुपर्छ।

बादल – बादल ठोक्किएर  बर्सात भएजस्तै,

कर्मको फलको के हो रीति बुझ्नु सक्नुपर्छ।

                         २)

 धन –दौलत, सुन–चाँदी नै ठूलो मान्छौ जिन्दगीमा ,

मायामोह, लालच पट्टी किन बान्छौ जिन्दगीमा ।  

तेरोमेरो , नाफानोक्सान गर्छौ केका लागि तिमी,  

जस्तो आयो उस्तै जानु छ के लान्छौ जिन्दगीमा।

                        ३) 

उज्यालो दिनमा जून लगाएको बिर्सिन्छन्,

दुष्ट मान्छेहरूले गुन लगाएको बिर्सिन्छन् ।

हे मानव चेतना बढोस् अब तिम्रो दिमागमा,

आलो घाउमा चुकनुन लगाएको बिर्सिन्छन्।

                              ४) 

अभाव र बाध्यताले संघर्ष गर्न सिकायो,

कठिन संघर्षले अभावलाई हर्न सिकायो ।

रिस गर्नेले गर्दै गर्छन् खुट्टा तान्नेले तान्दै,  

सत्कर्मको मिहिनेतले जँघार तर्न सिकायो।

                             ५)

 नारीले नै घात गर्छन् नारीको अस्मितामा,

आपत पर्दा पछि सर्छ् नारीको अस्मितामा  ।

मुखमा रामराम बगलीमा छुरा बोक्छन् जस्ले,

मौका मिल्दा इज्जत हर्छन् नारीको अस्मितामा ।

प्रकाशित: ९ चैत्र २०७७ ०५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App