२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

साहित्यकार प्रधानको निधन

साहित्यकार शिवकुमार प्रधानको निधन भएको छ। ८३ वर्षीय प्रधानको गएराति बागलुङस्थित घरमै निधन भएको हो।  प्रधान नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता थिए। उनका तिनै भाषामा गरी दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। प्रधानका केही पुस्तक प्रकासोन्मुख अवस्थामा थिए।

इटहरीका अग्रज साहित्यकार लुगुनको निधन

जीवनमा कहिल्यै पनि विद्यालयको मुख नदेखेका स्वःअध्ययनबाटै जीवनमा पर्याप्त ज्ञान हासिल गरेका सुनसरीको इटहरीका अग्रज साहित्यकार जीबी लुगुनको मंगलबार निधन भएको छ।

साहित्यकार इन्द्रबहादुर राईको निधन

नेपाली भाषाका प्रख्यात साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा निधन भएको छ। राईको दार्जिलिङको लोचनगरस्थित निवासमा मंगलबार साँझ साढे ६ बजे निधन भएको दार्जिलिङका कवि मोहन ठकुरीले बताएका छन्।

साहित्यकार ब्राजाकीको निधन

साहित्यकार मनु ब्राजाकीको निधन भएको छ ।  ब्राजाकीको शुक्रवार बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिए ।

साहित्यकार प्रेमा शाहको निधन

साहित्यकार प्रेमा शाहको उपचारको क्रममा अमेरिकाको साल्ट लेक सिटीस्थित ईन्टर माउन्टेन अस्पतालमा निधन भएको छ । लामे सयमदेखि अमेरिकामा बसेर उपचार गराइरहेकी साहित्सकार शाहको निधन बिहीबार भएका उनको पारिवरिक स्रोतले जनाएको छ ।

साहित्यकार पहारीको निधन

वगनाशकाली-२ पोखराथोकका साहित्यकार कृष्ण पहारीको निधन भएको छ । ब्रेन ट्युमर रोगका कारण पहारीको शुक्रबार राति ११ः५० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

साहित्यकार जगदीशशम्शेर जबराको निधन

नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको निधन भएको छ । जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो । काठमाडौँको बबरमहलमा जन्मिएका साहित्यकार जबराले गोरखा परिषदबाट राजनीतिक यात्रा सुरू गरेका थिए । विसं २०१५ को आमनिर्वाचनमा उनले अछामबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएका थियो ।

तीन साहित्यकारलाई पद्मश्री सम्मान

लामोसमयदेखि साहित्यिक पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार नगरेन्द्र राज शर्मा र रोचक घिमिरेलाई यसवर्षको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट ‘पद्मश्री साधना सम्मान’ अर्पण गरिएको छ । यस्तै  ‘पद्मश्री साहित्य पुरस्कार’बाट युवाकवि नवराज पराजुलीलाई प्रदान गरियो ।

तीन साहित्यकार बेलायतमा सम्मानित

नेपाली साहित्यमा योगदान पुऱ्याउने तीन जना स्रष्टालाई बेलायतमा सम्मान गरिएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतले एउटा साहित्यिक कार्यक्रमबीच उपन्यासकार अमर न्यौपाने, कवि गोविन्दराज विनोदी एवं गजलकार रवि प्राञ्जललाई सम्मान गरेको हो।

साहित्यकार ढकालको निधन

चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको आइतबार बिहान ७५ वर्षको उमेरमा हृदयाघात भई यहाँ निधन भएको छ।

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

नेपाली भाषा -साहित्यसेवी कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा निधन भएको छ।श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचारको क्रममा बिहान २:४५ बजे निधन भएको पारिवारले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्