साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र
साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ। साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र थिए। उक्त फेसन शोमा सहभागी महिलाहरू ज्यादै खुसी देखिएका थिए। फेसन शोमा विश्वका अन्य मुलुकका महिलाहरूको पनि सहभागिता रहेको थियो।