१ मंसिर २०८१ शनिबार
image/svg+xml

महिला उद्यमीलाई विशेष सहयोग गर्नुपर्छः प्रदेश प्रमुख

महिला उद्यमीद्वारा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्ने उदेश्यले मकवानपुर महिला उद्यमी व्यवसायी संघ र महिला सिर्जनशील केन्द्र काठमाडौंले मेला आयोजना गरेको हो।

महिला उद्यमीलाई विशेष सहयोग गर्नुपर्छः प्रदेश प्रमुख कोइराला

प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले महिला उद्यमीलाई सरकार र निजी क्षेत्रले बिशेष सहयोग गर्नुपर्ने बताएकी छिन्। हेटौंडामा बिहीबार श्रृजनशील महिला उद्यमी मेलाको उद्घाटन गरेपछि उनले देशको अर्थतन्त्र विकास गर्न महिला उद्यमीलाई थप प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्।

घरेलु उत्पादनलाई सरकारी पोशाकमा प्रयोग गरिने

कर्णाली प्रदेश सरकारले महिलाहरुलाई उद्यमशील बनाउन उनीहरुले परम्परागत शैलीमा बनाउँदै आएका घरेलु कपडालाई सरकारी पोशाकका रुपमा प्रयोग गर्ने भएको छ। प्रदेश सरकारले महिलाहरुले उत्पादन गर्दै आएका ढाँका, अल्लोलगायतबाट बनेका कपडालाई सरकारका मन्त्री, प्रदेश सांसद र कर्मचारीले अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गर्न लागेको हो।

नेपालमा पाँचौंपटक एनवाइइएफको लिडर प्रोजेक्ट आयोजना

नेपाली युवा उद्यमीहरुको संगठन (एनवाइइएफ) र लिडर प्रोजेक्टको साझेदारीमा आयोजना गरिएको दुई हप्ते व्यावसायिक कार्ययोजना विकास, पाँचौंपटक नेपालमा आयोजना गरिएको छ।

समृद्धिका लागि निजी क्षेत्र

नयाँ वर्ष २०७६ सालको पूर्वसन्ध्यामा काठमाडौँमा २ दिनसम्म उद्यमी व्यवसायीहरूको महत्वपूर्ण भेला भयो। नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभामा देशभरबाट हजारभन्दा बढी उद्यमी व्यवसायी भेला भएका थिए। यसलाई निजी क्षेत्रको कुम्भ मेला पनि मानिन्छ। सरकारले थालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई समेत सहयोग पु-याउनेगरी समृद्धिका आधारबारे छलफल गरी मार्गनिर्देश गर्ने साधारण सभाको मुख्य उद्देश्य थियो।

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत १४ बाट

चौथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ। महिला उद्यमी महासंघ नेपालले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा चैत १४ देखि १८ गतेसम्म व्यापार मेला गर्न लागेको हो।

‘सहकारीमार्फत महिलालाई उद्यमी बनाउनु पर्छ’

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीमार्फत महिलालाई उद्यमी बनाउनु पर्ने बताएकी छन्। मन्त्री अर्यालले सहकारीको पुँजी परिचालन महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिइन्।

‘रोलमोडल’ मधेसी महिला

तीन वर्षअघि कृषि फर्म सञ्चालन गर्ने योजना सुनाउँदा गाउँका धेरैले रामझरी यादवको खिल्ली उडाए। तर अहिले उनै रामझरी गाउँकै ‘रोलमोडल’ मधेशी महिला बन्न सफल भएकी छन्।

पाँचौं योङ इन्टरप्रेनर समिट वुमन सकियो

राजधानीमा पाँचौं योङ इन्टरप्रेनर समिट वुमन २०१९ भएको छ। देशभरका युवा पुस्ताका महिलाहरुको समिट शुक्रबार भएको हो।

उद्यमी बन्दै मकवानपुरका किशोरी

गाउँमा गठित किशोरी समूहलाई घुम्ती कोषका लागि रकम उपलब्ध गराइएपछि किशोरीहरु उत्साही भएका छन्। किशोरी समूहलाई घुम्ती कोषका लागि एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएपछि किशोरीहरु योजना निर्माणमा लागेका छन्।

उद्यममा महिलालाई अवसर छः छायाँ पन्त शर्मा

पुरातनवादी सोचलाई परिवर्तन गर्दै उद्यमशीलतामा लाग्ने महिलाको कमी छैन। समय परिवर्तन भइरहेको छ। महिलाले उद्योग, व्यवसायका क्षेत्रमा नमुना काम गरिरहेका छन्। उद्यममा सक्रिय भएर लागिरहेका छन्। महिलालाई उद्योगमा लाग्नका लागि सहयोगी वातावरण बनाउन महिला उद्यमीले आग्रह गरिरहेका छन्। महिला उद्यमी महासंघका संस्थापक अध्यक्ष एवम् सभासद छायाँ पन्तसँगको कुराकानी:

महिला उद्यमी महासंघको साधारणसभा : सहयोगी वातावरण निर्माण गर्न आग्रह

महिलालाई उद्यममा लाग्न सरकारले सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा महिला उद्यमीहरूले जोड दिएका छन्। महिला उद्यमी महासंघको १५ औँ वार्षिक साधारणसभामा बोल्दै उद्यमी महिलाहरूले यस्तो बताएका हुन्।

‘अब भर्टिकल ग्रोथ हुनुपर्छ’

डेढ दशकदेखि रियल इस्टेट व्यवसायमा संलग्न दीपक कुँवर सफल युवा उद्यमी हुन्। मेकानिकल इन्जिनियरिङ अध्ययन गरेका कुँवर डेढ दशकदेखि हाउजिङ, ट्रेडिङ, अस्पताल लगायतका व्यवसायमा संलग्न छन्। आधा दर्जन बढी कम्पनीका सञ्चालक कुँवरले काठमाडौंको बसपार्कलाई सरकारसँगको साझेदारीमा व्यवस्थित बनाउने अभियानमा छन्।

चार उद्यमी पुरस्कृत

विभिन्न किसिमका उद्योग सञ्चालन गरिरहेका खोटाङका चार उद्यमी पुरस्कृत भएका छन्। जिल्लाको लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन र व्यवसायीकरणमा योगदान पुर्याएकामा तेस्रो उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग बिकास समिति खोटाङले सफल उद्यमीलाई छनोट गरेर पुरस्कृत गरेको हो।

मधेसका कर्मशील महिलालाई महासंघको साथ

विभिन्न सीप र व्यवसायमार्फत उद्यमशीलतामा लागेका महिलाहरुले सहयोगी हात पाएका छन्। महिला उद्यमी महासंघले सीप र ब्यवसायमार्फत उद्यमशीलतामा लागेका महिलाहरुसंग हातेमालो सुरु गरेको छ। महासंघको जिल्ला संघ ‘च्यापटर’ले यसै सिलसिलामा बुधवार वीरगन्जमा महिला उद्यमीहरुसंग छलफल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्