१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

चार उद्यमी पुरस्कृत

खोटाङ – विभिन्न किसिमका उद्योग सञ्चालन गरिरहेका खोटाङका चार उद्यमी पुरस्कृत भएका छन्। जिल्लाको लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन र व्यवसायीकरणमा योगदान पुर्याएकामा तेस्रो उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग बिकास समिति खोटाङले सफल उद्यमीलाई छनोट गरेर पुरस्कृत गरेको हो।

जिल्लामा खोटाङ अक्वा मिनरल वाटर उद्योग सञ्चालन गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेका फुर्वादोर्जी शेर्पा, मछिनो तेल उत्पादन गर्दै आएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका युवराज तामाङ, देवीस्थान कपास उद्योग सञ्चालन गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका सानदेवी खड्का र ढाका कपडा बुनाइ उद्योग सञ्चालन गर्दै आएकी दिक्तेलकै व्यवसायी खिना विश्वकर्मालाई पुरस्कृत गरिएको हो।

सफल उद्यमीलाई दोसल्ला ओढाएर क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको छ। आइतबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल, जिल्ला समन्वय समितिकी उपप्रमुख गोमादेवी खत्रीले सफल उद्यमीलाई पुरस्कार प्रदान गरेका हुन्।  गाउँमा बसेर घरेलु उद्योग सञ्चालन गरेर अन्य उद्यमीलाई स्वाभिमानी, स्वावलम्बी र आत्मनिर्भर बन्ने प्रेरणा दिएका कारण सफल उद्यमीलाई पुरस्कृत गरिएको घरेलु तथा साना उद्योग विकास समिति खोटाङका उद्योग अधिकृत रामशरण महतोले बताए।

प्रकाशित: ११ मंसिर २०७५ ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App