९ मंसिर २०८१ आइतबार
image/svg+xml

पुरातत्व विभागलाई काठमाडौं महानगरले पठायाे पत्र

काठमाडौँ महानगरपालिकाले स्वयम्भू क्षेत्रको गरिमा बचाइराख्न र नयाँ संरचना निर्माण कार्य स्वीकृत नगर्न पुरातत्व विभागलाई पत्राचार गरेको छ। यस क्षेत्रमा कुनै पनि संरचना बनाउनैपर्ने भएको वडा कार्यालयसँग समन्वय र सिफारिशमा मात्र प्रक्रिया अगाडि बढाउन भनिएको छ। कामपाको वडा नं १५ ले पुरातत्व विभागलाई पत्राचार गरेको हो।

महानगर र पुरातत्वकै स्वीकृति

राजधानीको ठमेलस्थित कमलपोखरी हडपेर छायादेवी कम्प्लेक्स (छाया सेन्टर) निर्माण गर्न राज्यका जिम्मेवार निकायका अधिकारीहरूलाई नै प्रभावमा पारेको तथ्य भेटिएको छ। पुरातात्विक वस्तु तथा क्षेत्र संरक्षणको दायित्व बोकेको पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले कम्प्लेक्स निर्माण रोक्न कानुनी प्रक्रिया अपनाउनुको सट्टा सहयोगी भूमिका खेलेको पाइएको छ। पुरातत्वले कमलपोखरी जोगाउन कुनै कदम नचालेर अनि महानगरले भवन निर्माणका लागि नक्सा पास गरिदिएर कम्प्लेक्स निर्माणलाई सहज पारिदिएको देखिन्छ।

चीनमा दुई हजार पाँच सय वर्ष पुरानो अण्डा भेटियो

नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अण्डा फेला परेको बताएका छन्। मानिसको हातले छुँदा अण्डा फुट्ने त्रासका कारण अण्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एक जना पुरातत्वविद् झाओ हेङमिङले बताए।

पुरातत्व : सम्पदा र संस्कृति

प्राचीन मानवले छाडेर गएका भौतिक अवशेषहरूको अध्ययन गरी अतित सभ्यताको अध्ययन गरिने विषयलाई पुरातत्वको भावार्थमा परिभाषित गरिएको पाइन्छ। मानव सभ्यताको विकासक्रमको लामो समयपछि मानवले लेखन कलाको सुरुवात गर्याे। लेखनकलाको इतिहासको थालनी भएपछिको ऐतिहासिक घटनाक्रमहरूलाई विश्लेषण गर्न प्राप्त साक्षहरूले सहयोग गर्छन्।

पशुपतिमा कंक्रिटको संरचना हटाउन बेवास्ता

पशुपति क्षेत्र विकास कोषले पशुपतिको मृगस्थलीमा मापदण्डविपरित बनाएको संरचना हटाउने निर्देशन पाएको महिनादिन बित्दा पनि हटाएको छैन । पुरातत्व विभागले गत पुस २ गते कोषलाई मापदण्डविपरित बनाइएको पैदलमार्ग हटाउन निर्देशन दिएको थियो ।

मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा इँटा फेला

कपिलवस्तुको शिवराज नगरपालिका–३ मा रहेको ऐतिहासिकस्थल सोनवागढ क्षेत्रमा पहिलो चरणको उत्खननमा पुरातत्व विभागले गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका घोडा तथा मूर्तिहरु फेला पारेको छ।

अन्तर्राष्ट्रिय पुरातत्वविद्लाई स्थलगत भ्रमण

कपिलवस्तु तथा त्यस आसपास क्षेत्रमा रहेका बौद्ध सम्पदाको ऐतिहासिक तथ्यको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय पुरातत्वविद्लाई स्थलगत भ्रमण तथा अध्ययन गराइएको छ ।

पुरातत्वप्रेमी गणपतिलाल

टेकोको भर र पालको ओतका भग्नावशेष देखेर झोछेँ वसन्तपुरका गणपतिलाल श्रेष्ठ (२८) मा भने छुट्टै भावना जागृत हुन्छ। उनी मनको आवेगलाई शब्दमार्फत ओकलेर मात्र बस्न सकिरहेका छैनन्।

रहेनन् पुरातत्वविद् श्रेष्ठ

तीन दिनपछि आफ्नो ६५ औं जन्मदिन मनाउने तयारीमा रहेका पुरातŒवविद् शुक्रसागर श्रेष्ठको निधन भएको छ । मधुमेह, क्रोनिक ग्यास्ट्रिक र लिभरका रोगी श्रेष्ठको पेटमा केही साताअघि आन्तरिक रक्तस्राव भएपछि उनको स्वास्थ्यमा समस्या थपिएको थियो । अन्तिम अवस्थामा लिभर सिरोसिसले पीडित श्रेष्ठको गत शुक्रबार निधन भएको हो ।

बालगोपालेश्वर पुनर्निर्माण पुरातत्वले गर्ने

जधानीको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण पुरातत्व विभागले आफैं गर्ने भएको छ। यसअघि काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत गरिरहेको पुनर्निर्माण विभागले रोकेको थियो। विभाग, महानगरपालिका, पुनर्निर्माण प्राधिकरणको संयुक्त छलफलपछि विभागले मन्दिर आफैंले पुनर्निर्माण गर्ने भएको हो।

पुरातत्वलाई हेला

जमिनमुनिका विभिन्न स्तरमा स्तरीकृत भएर रहेका प्राचीन मानव निर्मित संस्कृति र सभ्यताका दस्तावेजहरुलाई वैज्ञानिक ढंगले अन्वेषण, उत्खनन्, संरक्षण र सम्वद्र्धन गरी आमजनसमुदायको जानकारीका लागि प्रतिवेदन प्रकाशित गरी अतीत सभ्यताको उजागर गर्ने विधालाई पुरातत्व भन्ने गरिएको पाइन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्